स्याङ्जाबाट पठाईएका तिन जनाको कोरोना नेगेटिभ आयो, एकजनाको आउन बाँकी

आँधीखोला खबर/स्याङ्जा :
कोरोना परिक्षणका लागि पठाईएका स्याङ्जाका चार जना मध्ये तीन जनाको स्वाब परीक्षण नेगेटिभ आएको छ ।
स्याङ्जाको वालिङबाट कोरोनाको आशंकामा चार जनाको स्वाबको नमूना परीक्षणका लागि बिहिवार पोखरा पठाईएको थियो ।
वालिङ नगरपालिकाका एक जना पुरुष र चापाकोट नगरपालिकाका दुई पुरुष तथा एक महिला गरी चार जनाको स्वाबको नमूना परीक्षणका लागि पोखरा पठाईएकोमा तीन जनाको नेगेटिभ आएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ले जानकारी दिनुभयो । उहाँका अनुशार एक जनाको रिपोर्ट आउन बाँकी छ ।
२६ दिन अघि कतारबाट आएका चापाकोटका एक पुरुषको श्रीमतीलाई एकहप्तादेखि ज्वरो आउने तथा खोकी लाग्ने समस्या देखिएपछि उपचारका लागि वालिङ स्थित गह्रौ प्राथमिक अस्पताल आएका थिए । ज्वरोको चाप अत्यन्तै देखिएपछि र उनी सगँ स्वास्थ्यकर्मीले परामर्श गर्दा शंका लागेपछि दम्पती तथा बुवाको स्वाबको नमूना परीक्षणका लागि पोखरास्थित प्रयोगशालामा पठाईएको थियो ।
यस भन्दा अगाडी फेदिखोला र पुतलीबजारका गरी ३ जनाकोे स्वाब परिक्षणका लागि पठाइएको थियो । उनीहरुको स्वाब परिक्षणबाट नेगेटिभ आईसकेको छ । वालिङका पुरुष विदेशबाट संक्रमित ब्यक्ति सवार जहाजमा आएका बताईएको छ । हाल उनकोे स्वास्थ्य अवस्था सामान्य रहेको वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले बताउनु भयो । उहाँलाई अहिले पनि होम क्वारेन्टाईनमा राखिएको छ योसँगै संक्रिमित व्यक्तिसँग आएका चारै जनाको कोरोना नेगेटिभ आएको प्रजिअ कुरुम्वाङले जानकारी दिनभयो । जिल्लामा अहिले स्वाब परिक्षण गर्नेको संख्या ७ पुगेको छ ।
भने चापाकोटका व्यक्तिहरु वालिङमा रहेको आईसोलेसनमराखेर निगरानी गरिएको नगर प्रमुख खाँणले जानकारी दिनुभयो ।
एकै परिवारका तीन जना मध्ये २ को रिपोर्ट नेगेटिभ आए पछि अव उनीहरुको उपचार त्यही आधारमा गरिने र अर्का एक जनाको उपचार छुट्टै राखेर हुने बताईएको छ ।

कोभिड १९ को संक्रमणबाट आँफू पनि बच्न र अरुलाई पनि बचाउन लकडाउनको पूर्ण पालना गरी सहयोग गर्न पनि नगर प्रमुख खाँणले आग्रह गर्नुभयो । स्याङ्जामा अहिले सम्म २३ जना क्वारेन्टाईनमा र ५ सय ६७ जना होमक्वारेन्टाईनमा राखिएको छ भने ३ जना क्वारेन्टाईन पछि घर फिर्ता पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक नविन कृष्ण भण्डारीले जानकारी दिनुभयो ।

Facebook Comments Box
TOP