‘राजनीति मात्रै नगरौं नेपालको बजार भारत र चीनलाई बनाउन तर्फ लागौं !’

सुरथ पोख्रेल : आजको मितिसम्म विश्वको जनसंख्या ७ अर्व ७८ करोड हुँदा देशको हिसाबले प्रथम हाम्रो उत्तरी छिमेकी मुलुक चीनको १अर्व ४४ करोड र दोस्रो हाम्रो दक्षिणी छिमेकी मुलुक भारतको १ अर्व ३८ करोड रहेको छ । जब कि तेस्रो स्थानमा रहेको मुलुक विश्वको महाशक्ति राष्ट्र अमेरिकाको मात्र ३३ करोड (भारत र चीनको १/१ अर्व + ५/११ करोड बढी) र हाम्रो मुलुक नेपालको २ करोड ९० लाख मात्र रहेको छ ।

यसरी हेर्दा चीन र भारत विश्वका लागि (अझ नेपालका लागि झन) आफैमा ठूलो बजार हो । पर्यटन, उद्योग, व्यापार,व्यवसाय आदिको दुवै देशमा स्वदेशी तथा वैदेशिक पुजी/लगानी भित्र्याउने अत्यन्तै सहज नीति रहेको पाइन्छ ।

विशाल जनसंख्या, सबै किसिमको हावापानी युक्त र बढी उर्वर जमिन, सस्तो श्रम र अधिक उपभोग्य बजार भएका कारण भारत प्रजातान्त्रिक मुलुक भए पनि र चीन साम्यवादी मुलुक भैकन पनि दुवैको लगानी नीतिमा समानता जस्तो देखिन्छ । जस्तैः पुजी र प्रविधि ल्याउ, जमिन र श्रमिक हामी दिन्छौ । प्रतिस्पर्धी युक्त बढी वस्तु उत्पादन गर, त्यो संसार भरको बजारमा लैजाउ ।

‘कानुनी रुपमा जति पनि कमाउ र सो कमाई सहज रुपमा आफ्नो देशमा पनि लैजाउ, तर कमाएको रकमको आय कर यहि तिर । यहि नीति र बजारका कारण विश्वका उद्योगी, व्यापारी, लगानी कर्ताहरुले चीन र भारतमा अत्याधिक लगानी गरे जसका कारण आज उनीहरुले आफू मात्र कमाएनन देशलाई पनि समृद्ध राष्ट्र बनाए ।’

त्यतिमात्र होइन आज चीन र भारत आफैमा प्रविधि र प्रतिस्पर्धी युक्त छन जसका कारण उनिहरु संसारभर अत्यधिक लगानी कर्ता भएका छन । यसैले गर्दा चीन विश्वको महाशक्ति राष्ट्रसंग र भारत विकसित राष्ट्रसंग प्रतिस्पर्धा गरिरहेका छन । विशाल जनसंख्या बोकेर पनि कम्जोर धरातलबाट करिब ५० वर्षको अवधिमा नै चीन र भारतले विश्वको विकसित, शक्तिशाली, प्रतिस्पर्धि राष्ट्र बन्न सके भने हामी बीचमा रहेको छिमेकी मुलुकले त्यो अवसर सिक्न सकेनौं ।

१० वर्ष प्रजातान्त्रिक सङ्क्रमण काल भएपनि ३० वर्ष पन्चायती र ३० वर्ष प्रजातान्त्रिक/लोकतान्त्रिक उर्वरता समय हामीले गुजारी सक्यौं । कहाँ नीर चुक्यौ हामी ? राष्ट्र निर्माणका लागि राजनीति केही होइन र पनि सबथोक हो ।

जुनसुकै देशमा पनि राजनीतिक परिवर्तन पछि सबैले स्वीकार्ने एक ब्यक्तिलाई सर्वशक्तिमान नेतृत्व स्थापित गर्न सक्नु पर्दो रहेछ । जस्तो चीनमा माओ स्थापित भएपछि २५ वर्ष र भारतमा महात्मा गान्धी स्थापित भएपछि उनिसमेतको आशीर्वादमा जवारलाल नेहरुले १६ वर्ष शासन गरेपछी उनिहरुले मार्गनिर्देश गरेको बाटो मा अरु हिड्दा राष्ट्रले सहज निकास पायो।

तर हामी हाम्रो देशमा यस्तो अवस्था नभए र पो हो कि ? हामिले अधिक राजनीति गर्यौ तर सहि नीति र नेतृत्व पहिल्याउन सकेनौं कि ? तर अब ढिला गर्नु हुदैन, विशाल जनसंख्या युक्त हरेक दृष्टिकोणले ठूलो बजार भएका चीन र भारत छिमेकी मुलुकको सकारात्मक सिको सिकौ, अवसरको रुपमा प्रयोग गरौ र अगाडि बढौ ।

(पोख्रेल नेपाल सरकारको अधिकृत पदमा कार्यरत हुनुहुन्छ ।)

Facebook Comments Box
TOP