‘गाउँमा अनलाईन शिक्षण प्रभावकारी छैन सरकार, बिद्यार्थीलाई छिटो पाठ्यपुस्तक देउ’

गुरु प्रसाद भट्टराइ :

कोरोना भाइरस(COVID 19) का कारण देस लामो समयदेखि बन्दाबन्दिको अवस्थामा छ । बिद्यार्थीहरुको समस्यालाइ मध्यनजर गरेर T.U ले online class को शुरुवात गरेको छ । हामी सहज ढगंले देसै भरिका बिद्यार्थीका लागि सम्पुर्ण हिसावले प्रबिधि(internet ) को प्रयाप्त उपयोग गर्ने वातावरण निर्माण गर्न नसकिरहेको अवस्था मा यो कति प्रभावकारी हुन सक्ला? र पनि यसलाइ सकारात्मक रुपमा लिनु पर्छ। यसका साथै COVID 19 को बिश्वव्यापि महामारी बाट सुरक्षित रहदै देस पुनः सहज अवस्थामा फर्कन अरु लामो समय लाग्ने निश्चित छ।

यो अवस्थामा तत्काल सबै तहका सरकार , जनक शिक्षा सामग्री केन्द्र अनि निजि पब्लिकेशनको समन्वयमा नयाँ शैक्षिक सत्रको लागि सम्भव भए सबै तहको होइन भने अनिवार्य रुपमा माध्यमिक तह सम्मको पाठ्यपुस्तकबिद्यार्थीको हात हातमा पुर्याउने र स्व-अध्यनका लागि प्रेरित गर्नु पर्ने होइन र सरकार ?

अन्यथा लामो समय पाठ्यपुस्तक बिहिन हुदाँ समस्या आउने देखिन्छ । प्राय गरेर मा बि तह सम्मका (बालमस्तिष्कका) बिद्यार्थीहरु मा नयाँ नयाँ बिषयबस्तुमा चासो र जिज्ञासा राख्ने स्वभाव हुन्छ पाठ्यपुस्तकको अभाबमा अनावश्यक बिषयवस्तुमा ध्यान केन्द्रित भैइ बालमनोविज्ञानमा दिर्घकालिन असर पर्ने हुँदा समयमै ठोस कदम चाल्नु पर्ने देखिन्छ। कि कसो सरकार ?

(भट्टराइ, नेपाल बिद्यार्थि संघका पुर्व केन्द्रीय सदस्य तथा कांग्रेसका महाधिवेशन प्रतिनिधि हुनुहुन्छ।)

Facebook Comments Box
TOP