काठमाडौं पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुई जनामा कोरोनाको सङ्क्रमण पुष्टि
काठमाडौं : काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका दुई जनामा कोरोनाको संक्रमण देखिएको छ ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार तीन मध्ये दुई जनामा कोरोनाको संक्रमण देखिएको छ ।
एकै परिवारका तीन जनामा र्यापिड टेष्टको रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई हिजो पाटन अस्पताल भर्ना गरिएको छ ।
चैत पहिलो साता लण्डनबाट आएका एकै परिवारका बाबु, आमा र छोरीको र्यापिड टेष्ट गर्दा पोजिटिभ आएपछि उनीहरुलाई पाटन अस्पतालको आइसोलेसनमा लगिएको थियो ।
उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको पनि अस्पतालले जनाएको छ । पाँच वटा टावर रहेको उक्त अपार्टमेन्टमा ५ सय परिवार बस्दै आएका छन् ।
प्रहरीले उक्त अपार्टमेन्टलाई सील गरेको छ । यसैबीच सोही अपार्टमेन्टमा बस्दै आएका एक युवा काभ्रेको धुलिखेल पुगेपछि उनीमाथि प्रहरीले निगरानी बढाएको छ ।
धुलिखेल नगरपालिका–७ सरस्वतीनगरमा रहेको आफ्नै घरमा ती युवालाई राखिएको प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


