समाजसेवी लम्सालद्धारा कारागारका कैदी/बन्दीलाई मास्क प्रदान

भवानी अधिकारी/स्याङजा :
नेपाली कांग्रेस स्याङजाका पूर्व जिल्ला सदस्य एवं त्रिभुवन आदर्श बहुमुखी क्याम्पका प्राध्यापक सोमनाथ लम्सालले स्याङजा कारागारमा रहेका बन्दी तथा केैदीलाई मास्क उपलब्ध गराउनुभएको छ ।
कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्ने उदेश्यले समाजसेवी लम्सालले ब्यक्तिगत खर्चमा कारागारमा रहेका कैदी तथा बन्दीहरुलाई मास्क उपलब्ध गराउनुभएको हो ।
हरिनास गाउपालिका २ मग्याम चिसापानी निवासी लम्सालले एक सय ५५ वटा मास्क खरिदगरी कैदी बन्दीलाई उपलब्ध गराउनुभएको कारागार प्रमुख चुडामणी भण्डारीले जानकारी दिनुभयो ।
बढ्दो प्रदुषण, धुलो, मैला लगायत हाल कोरोना भाइरसको संक्रमणलाई नियन्त्रणका लागि मास्क मुखमा लगाईने गरिन्छ ।
समाचार
थप सामाग्री
वालिङमा तमु भाषा खेमा लिपि प्रशिक्षण
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङमा तमु भाषा सम्बन्धी ३ दिनको प्रशिक्षण शुरु भएको छ । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय…