नेपालमा भेटिए कोरोनाको छैटौं संक्रमित

काठमाडौँ :  नेपालमा छैँटौँ कोरोना भाइरसका संक्रमित फेला परेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार चैत ४ गते कतार एयरको क्युआर ६५२ फ्लाइटबाट दोहाबाट काठमाडौँ आएका व्यक्तिमा कोरोना भाइरस संक्रमण भेटिएको हो।

यसअघि सोही जहाजबाट आएकी एक युवतीलाई कोरोना संक्रमण देखिएको थियो । उनी अहिले उपचाररत छिन् ।

Facebook Comments Box
TOP