स्याङ्जा र कास्कीको सीमाना फेदिखोलामा सेनीटाइजर टनेल निर्माण
भवानी अधिकारी/स्याङजा :
राष्ट्रिय युवा संघ नेपाल स्याङजा पुतलीबजार नगर कमिटीले सेनीटाइजर टनेल निर्माणगरी हस्तान्तरण गरेका छन् ।
विश्वभरी महामारीको रुपमा फेैलिएको कोभिड १९वाट सुरक्षित हुन सेनीटाइजर टनेल निर्माणगरि फेदिखोला गाउपालिकालाई हस्तान्तरण गरेको हो ।
स्याङजा र कास्कीको सीमा कुभिण्डेमा आयोजित कार्यक्रममा पालिकाका उपाध्यक्ष देवी थापालाई युवा संघ नगर कमिटीले ती सामाग्री हस्तान्तरण गरेका हुन । जिल्ला प्रवेश गर्ने ब्यक्तिहरु, सीमा नाकामा खटिने स्वास्थ्यकर्मी, सेना, प्रहरी र स्वयंसेवकहरुलाई लक्षित गर्दे कास्की र स्याङजाको सीमा कुभिण्डेमा टनेल निर्माण गरिएको हो ।
युवाहरुले रकम संकलनगरी ७० हजारको लागतमा टनेल निर्माण गरेका हुन । सेनिटाइजर टनेलको प्रयोगले शरिरका बाहिरी भागका किटाणुलाई हटाई कोरोना भाइरस नियन्त्रण गर्न सकिन्छ भन्ने उदेश्यले यसको निर्माण गरिएको राष्ट्रिय युवा संघ नेपाल पुतलीबजार नगर कमिटीका अध्यक्ष अमृत नेपालीले जानकारी दिनुभयो ।
.

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


