स्याङ्जा र कास्कीको सीमाना फेदिखोलामा सेनीटाइजर टनेल निर्माण

भवानी अधिकारी/स्याङजा :
राष्ट्रिय युवा संघ नेपाल स्याङजा पुतलीबजार नगर कमिटीले सेनीटाइजर टनेल निर्माणगरी हस्तान्तरण गरेका छन् ।
विश्वभरी महामारीको रुपमा फेैलिएको कोभिड १९वाट सुरक्षित हुन सेनीटाइजर टनेल निर्माणगरि फेदिखोला गाउपालिकालाई हस्तान्तरण गरेको हो ।
स्याङजा र कास्कीको सीमा कुभिण्डेमा आयोजित कार्यक्रममा पालिकाका उपाध्यक्ष देवी थापालाई युवा संघ नगर कमिटीले ती सामाग्री हस्तान्तरण गरेका हुन । जिल्ला प्रवेश गर्ने ब्यक्तिहरु, सीमा नाकामा खटिने स्वास्थ्यकर्मी, सेना, प्रहरी र स्वयंसेवकहरुलाई लक्षित गर्दे कास्की र स्याङजाको सीमा कुभिण्डेमा टनेल निर्माण गरिएको हो ।
युवाहरुले रकम संकलनगरी ७० हजारको लागतमा टनेल निर्माण गरेका हुन । सेनिटाइजर टनेलको प्रयोगले शरिरका बाहिरी भागका किटाणुलाई हटाई कोरोना भाइरस नियन्त्रण गर्न सकिन्छ भन्ने उदेश्यले यसको निर्माण गरिएको राष्ट्रिय युवा संघ नेपाल पुतलीबजार नगर कमिटीका अध्यक्ष अमृत नेपालीले जानकारी दिनुभयो ।

.

Facebook Comments Box
TOP