शारदा गुरूङ “स्याङ्जा सहयोग समाज युके”को अध्यक्षमा निर्वाचित

लण्डन : सातसय कोल्मा बहाकोट सम्पर्क मंच स्याँङ्जाका अभियन्ता,कोल्मा बहाकोट समाज युकेका वर्तमान महासचिव एवम साहारा युकेका कोषाध्यक्ष शारदा गुरुङ “स्याँङ्जा सहयोग समाज युके”को अध्यक्ष जस्तो गरिमामय पदमा निर्निबिरोध निर्वाचित हुनु भएको समाचार प्राप्त भयको छ।
हिजो भयको सो अनलाइन निर्वाचनमा उपाध्यक्ष भरत गुरूङ, महासचीव डा बलराम ढकाल, कोषाध्यक्ष हेम बहादुर थापा, महिला संयोजक होम कुमारी गुरूङ,मीडिया एवम आउटरीच संयोजक रविन गुरूङ एलबीजेड, छनौट हुनु भयको खवर छ।
बरिष्ठ सल्लाहकार रि क्या डेभिड गुरूङ रहेको समाजको सल्लाहाकारहरुमा सुरेश गुरूङ, प्रेमसिंह राना,खड्ग गुरूङ, नविन गुरूङ, थर्क प्रेम सेन,रि मेजर कुमार गुरूङ, रि क्या प्रेम गुरूङ, राजन छेत्री चयन भयको समाचार प्राप्त भयको छ। सात सय कोल्मा बहाकोट सम्पर्क मन्च युकेका अध्यक्ष सु.मे. जित बहादुर गुरुङले छनौट भयको समिती अध्यक्ष लगायत कमोटी सदस्यहरूलाई हार्दिक बधाई सहित सफल कार्यकालको कामना समेत गर्नुभएको छ।
समाचार
थप सामाग्री
सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ अनिवार्य
२ दिन अगाडि
गण्डकी– पोखरा स्थित यातायात व्यवस्था कार्यालयले आइतबारदेखि कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधनमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर प्लेट ’ जडान गर्नुपर्ने…