तुल्सीभञ्ज्याङ सानाकिसानद्वारा कोरोना राहत कोष गल्याङमा एक लाख ११ हजार सहयोग
गल्याङ : स्याङ्जाको गल्याङमा रहेको तुल्सीभञ्ज्याङ सानाकिसान कृषि सहकारी संस्थाले गल्याङ नगरपालिकाको विपद राहत कोश एक लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग गरेको छ ।
कोरोना भाइरसका कारण सरकारले लकडाउन गरेपछि जीवन धान्न कठिन भएका गल्याङ नगरपालिकाका विपन्नहरुलाई सहयोग गर्न तुल्सीभञ्ज्याङ साना किसान कृषि सहकारी संस्थाले यो सहयोग गरेको हो ।
गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीको कार्यकक्षमा बुधबार तुल्सीभञ्ज्याङ साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष दलबहादुर सिंजालीले राहत रकमको चेक नगरप्रमुख अधिकारीलाई हस्तान्तरण गर्नुभयो ।
राहत रकम ग्रहण गर्दै नगरप्रमुख भुपराज अधिकारीले विपदमा परेकाहरुलाई सहयोग गरेको भन्दै तुल्सीभञ्ज्याङ साना किसान कृषि सहकारी संस्थालाई धन्यवाद दिनुभयो ।
उहाँले विपदको समयमा अप्ठ्यारो अवस्थामा रहेका नगरबासीहरुलाई सहयोग गर्न नगरपालिका प्रतिबद्ध रहेको पनि बताउनुभयो ।
नगरप्रमुख अधिकारीले नगरपालिकाबाट राहतका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिदै थप सहयोग गर्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो –“यो कठिन समयमा विपदमा परेकाहरुलाई सहयोग गर्नका लागि राहत कोशमा रकम जम्मा गरिदिनुहुन म सबैलाई आग्रह गर्न चाहान्छु ।”
नगरप्रमुख अधिकारीले विपन्न तथा मजदुरहरुलाई राहत दिनका लागि कार्यविधि बनेको जानकारी दिदै सोही अनुसार वास्तविक पीडितहरुलाई राहत दिने स्पष्ट पार्नुभयो ।
उहाँले अहिले कोरोना भाइरसको संक्रमण बढी भएमा कल्पना भन्दा बाहिरको परिस्थिति आउन सक्ने भन्दै सचेत रहन आग्रह गर्नुभयो ।
राहत रकम हस्तान्तरण कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डे, तुल्सीभञ्ज्याङ साना किसान कृषि सहकारी संस्थाका प्रबन्धक शम्भुनारायण अधिकारी, गल्याङ नगरपालिका सामाजिक शाखा प्रमुख थानापति न्यौपाने लगायतको सहभागिता रहेको थियो ।
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
३ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …