समय सन्दर्भ :छिमेकी मुलुकबाट सकारात्मक कुरा किन नसिक्ने ?
सुरथ पोख्रेल :
छिमेकी मुलुक भारतमा सन १९४७ पछि कार्यकारी प्रमुख जम्मा १४ जना भएछन जसमा ६ जना नगन्य केही समय मात्रका छन तर जति छन तिनले राम्रैसंग निरन्तर शासन गरेका रहेछन जवारलाल नेहरुले १६ वर्ष, इन्दिरा गान्धीले ११+४ वर्ष, राजिव गान्धीले ५ वर्ष, पि भि नर्सिङ रावले ४ वर्ष,पछिल्लो समय अटलबिहारी वाजपयले ६ वर्ष, मनमोहन सिंह १० वर्ष र नरेन्द्र मोदीले ६ वर्ष भै सक्यो १० वर्ष सहजै जाने वाला छ ।
उता अर्को छिमेकी मुलुक चीनमा सन १९४९ पछि कार्यकारी प्रमुख भएका जम्मा ७ जनामा ३ जना नगन्य केही समय मात्र छन त्यहाँ पनि ४ जनाले राम्रैसंग निरन्तर शासन गरेका रहेछन माओसेतुङ २५ वर्ष भन्दा बढी र पछिल्लो समय जियाङ जेमिन १० वर्ष, हु जिन्ताओ १० वर्ष र सि चीन फिङ ७ वर्ष भै सक्यो १० वर्ष सहजै जाने वाला छ । यता बीचको हाम्रो मुलुक नेपालमा भने सन १९५० (वि. स. २००७) पछि २३ जनाले ४३ पटक कार्यकारी प्रमुखको रुपमा काम गरेतापनि कसैले पनि निरन्तर अवधी कटाउन सकेको देखिदैन तर हेर्दा मरिचमान सिंह श्रेष्ठ एक पटक एवं सुर्य बहादुर थापा दुई पटक ४/४ वर्ष र तुल्सी गिरी एक पटक एवं गिरिजाप्रसाद कोइराला एक पटक ३/३ वर्ष वाहेक ( यो पनि लामो समय मान्न सकिन्न) कोहि पनि लामो समय शासन नगरी अस्थिरता मै व्यथित गरेको देखिन्छ ।
अर्को कुरा चीनमा माओ र भारतमा जवारलाल नेहरु र इन्दिरा गान्धी बाहेक अरुले २ पटक भन्दा बढी सरकारमा गएनन तर हाम्रोमा ५ पटकसम्म र ४,३,२ पटक हुने त धेरै भै सके (५ पटक सुर्य बहादुर थापा र गिरिजाप्रसाद कोइराला ४ पटक तुल्सी गिरी, किर्तिनिधी विष्ट,लोकेन्द्रबहादुर चन्द र शेर बहादुर देउवा) तैपनि स्थिरता दिन सकेनन । किन हाम्रोमा मात्र यस्तो हुन्छ ? छिमेकीबाट किन सकारात्मक कुरा सिकिदैन ? के ले हामीलाई अस्थिरता बनाइ रहेको छ ? जबसम्म स्थायित्व हुदैन तवसम्म केही हुने वाला छैन, त्यसैले यसको कारणको खोजबिन हुन जरुरी छ ।
मेरो विचारमा स्वार्थ प्रेरित कानुनको निर्माण, भएको कानुनको प्रयोग नहुनु, दण्डहिन्ताले प्रश्रय पाउदै जानू, राजनैतिक संस्कार नहुनु, सबै तिर नैतिकता र इथिकको खडेरी आदि आदि …. जय होस ! (लेखक नेपाल सरकारका अधिकृत हुनुहुन्छ,उहाँको फेसबुक पेजबाट यो समय सन्दर्भ लिईएको हो ।)
समाचार
थप सामाग्री-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
४ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ…


