लकडाउनमा पनि निरन्तर पर्यटक आउन थाले पछि स्थानीयले गरे बाटो बन्द !
आँधीखोला खबर/स्याङ्जा :
कोरोना भाईरसको रोकथामका लागि देशभर लकडाउन चलिरहेको छ । आईतवारबाट एक पालिकाबाट अर्काे पालिकामा जान समेत कडाई गर्न शुरु गरिएको छ । तर स्याङ्जाको वालिङ नगरपालिमा वडा नम्वर १० मा पर्ने पर्यटकीय क्षेत्र घ्वाङखोलामा आन्तरिक पर्यटकहरु निरन्तर आउन थालेको भन्दै स्थानीयले बाटो नै बन्द गरेकाछन् ।
कोरोना कोभिड १९ को रोकथामका लागि स्थानीयतहमा समेत कडाई गरिएको छ तर कतिपय मानिसहरु एकान्त र शान्त बातावरणमा बस्ने भन्दै घ्वाङ्खोला क्षेत्रमा जाने गरे पछि स्थानीय त्रसित बनेका हुन् ।
लकडाउन अगाडि दिनहुँ जसो चहलपहल भईरहने उक्त क्षेत्रमा जाने बाटो स्थानीय बर्तुङका बासिन्दाले बन्द गरिदिएका हुन् । उनीहरु भन्छन् प्रशासनको आँखा छलेर बजारका मानिस नियमित आउन थाले त्यसैले हामी बाटो नै बन्द गर्न बाध्य भयौं स्थानीय निशान्त सुवेदीले भन्नुभयो । स्थानीयतह र प्रशासनले समेत यसरी अनावश्यक रुपमा बाहिर घुम्न हिड्ने मानिसलाई कारवाही गर्नु पर्ने उहाँको माग छ ।
स्थानीय पर्यटकीय क्षेत्रको विकास एंव प्रबद्र्धन गर्नु आफूहरुको दायित्व भए पनि यो अवस्थामा मानिस आईरहदा हामी झनै आत्तियौं सुवेदीले भन्नुभयो ।
.


समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


