अलपत्र मजदुरहरुलाई खाना तथा खाजाको व्यवस्था
रोशन लामिछाने/स्याङजा :
लकडाउनको दिन बढदै जान थाले पछि अलपत्र मज्दुरहरुलाई नेपाल रेडक्रस सोसाईटी स्याङजा शाखाले खानाको व्यवस्था गरेको छ । रेडक्रस स्याङजाले सातुपसल, करेण्डाडा र चक्रकमला उपशाखाको आयोजनामा खाना तथा खाजाको व्यवस्था गरेको हो ।
लक डाउनका कारण भोक भोकै मदजुहरु आवत जावत गर्न थालेपछि विभिन्न रेडक्रसका उपशाखाहरुको समन्वयमा खाना खुवाउने व्यवस्था गरेको सातुपसल उपशाखाका अध्यक्ष भागीरथ तिवारीले जानकारी दिए । उत्त शाखाहरुले दैनिक जसो २० देखी ३० जनालाई खाना र खाजाको व्यवस्था गरेको छ ।
खाना खुवाउने स्थलमा आवश्यक पर्ने चामल, तरकारी, दाल र पानी लगायतका खाद्यान्न सामाग्रीहरु रेडक्रश स्याङजा शाखाले सहयोग गरेको छ । स्थानीय लाम्पाटा र पुलकोमुख बासीहरुले पनि खाद्यान्न सहयोग गरेको तिवारीले जानकारी दिए ।
रेडक्रस स्याङजाले जिल्ला प्रशासन र नेपाल आर्मीको समन्वयमा पनि पुतलीबजारको विष्णु पधेरामा पनि खाना खुवाउने स्थाल निमार्ण गरेको छ । रेडक्रसले हाल सम्म करिब दुई सय जना मज्दुरहरुलाई खाना र खाजाको व्यवस्था गरेको रेडक्रसका स्याङजाका मन्त्री दिनेस अर्यालले बताए ।
त्यसैगरी पुतलीबजार ६ का वडा अध्यक्ष कृष्ण बहादुर कार्कीले पोखराबाट वर्दीया हिडेका २१ मदजुरलाई खाजाको व्यवस्था गरेका छन् । उनले बर्दीया हिडेका मदजुरहरु अलपत्र परेपछी बास बस्ने ठाउको व्यवस्था सहित चिउरा, चाउचाउ, दालमोठ र पानीको व्यवस्था गरेका थिए ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


