स्याङ्जा : एकसय ८० थान र्यापिड डायग्नोस्टिक किट सहयोग
स्याङ्जा : यतिबेला स्याङ्जामा र्यापिड डायग्नोस्टिक किट अभाव छ । नेपाल सरकारले नै प्रयोगमा ल्याएको कोरोना परीक्षणको र्यापिड किट स्याङजाका विभिन्न पालिकामा १ सय ८० थान सहयोग आएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रिय सचिव पुतलीबजार नगरपालिका–५ का हिकमतजंग कार्कीले १८० थान किट सहयोग गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङलाई जिल्लाको आवश्यकतानुसार काम गर्नको लागि ८० थान आरटिडी किट सहयोग गरेका छन् । यसैगरी पुतलीबजार नगरपालिकालाई ४० थान, फेदीखोला गाउपालिकालाई ४० थान र आधीखोला गाउपालिकालाई २० थान किट सहयोग गरेको बताएका छन् । उनले व्यक्तिगत रुपमा नै किट सहयोग गरेका हुन् । भन्छन, ‘कोरोना परिक्षणको लागि अहिले जताततै किट अभाव छ ।
गृहजिल्ला स्याङ्जामा पनि किट अभाव भएपछि यसमा पर्न सक्ने असरलाई मध्येनजर गर्दै केही मात्रामा सहयोग गरेको हुन ।’ उनले आफ्नो साथी डाक्टर नै भएकाले किट प्राप्त गर्न सकेकाले सहयोग गरेको बताए ।
प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले अभाव रहेको र्यापिड डायग्नोस्टिक किट सहयोग आउनु निकै महत्वपूर्ण रहेको बताए । उनले उक्त किटलाई आवश्यकता अनुसार प्रत्येक स्थानीय तहमा वितरण गरेर काम गर्ने योजना बनाएको बताए । यसैगरी पुतलीबजार नगरप्रमुख सीमा क्षेत्री, फेदीखोला गापा प्रमुख घनश्याम सुवेदी र आ“धीखोला गापा प्रमुख सुधीर पौडेलले अभावका बेला किट सहयोग हुनु नै ठूलो सहयोग रहेको भन्दै खुशी व्यक्त गरे ।
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
३ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …