स्याङजा : मस्जिद हेर्दै, कोठामा नमाज पढ्दै
भवानी अधिकारी/स्याङ्जा : पुतलीबजार नगरपालिका ३ का मजिद मिया बिगत ३५ वर्षदेखि सामुहिकरुपमा रमजान मनाउँदै आएका छन् । वर्षको एक पटक सामुहिक रुपमा रमाइलो र खुसियाली साटासाट गरेर मनाइने पर्व यसपटक घरभित्रै मनाउनु पर्दा उनलाई नमजा लागेको छ। आफू बुझ्ने भएदेखि मस्जिदमा पुगेर मनाउँदै आएको रमजान यसपटक भने झ्यालबाट मस्जिद हेर्दै नमाज पढ्नु परेको छ ।
उनको घरबाट २ मिनटमा पुग्न सकिने बाडखोलाको मस्जिद । यो मस्जिद अहिले बन्द छ । कोरोना भाइरस संक्रमणको कारण सरकारले सबै धार्मिक स्थल बन्द गराएका कारण मस्जिद पनि बन्द गरिएका हुन् । मजिद जस्ता धेरै मुस्लिम यसरी नै घरमा बसेर रमजान पर्व मनाउने बाध्य छन् ।
स्याङजाका सबै इस्लाम धर्मालम्बीले रमजान घरघरमा बसेर मनाउँदै छन् । शनिबारदेखि सुरु भएको इस्लाम धर्मालम्बीको महानपर्व रमजान कोरोना भाइरस संक्रमणका कारण घरमै मनाउन लागेका हुन । दैनिक मस्जिद गएर नमाज पढ्नु पर्ने नियमलाई लकडाउनका कारण घरमै बसेर पढ्न समुदायलाई सुचित गराएको गण्डकी प्रदेश मुस्लिम संघका सभापति शाह मोहम्मदले जानकारी दिए ।
अहिले हिजरी संवत १४४१ हो । रमजानको महीनामा मुस्लिमहरुको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको धार्मिक मान्यता छ । रमजानमा महिनाभर रोजा बस्दा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास छ । आत्मसुधार र गल्तीका प्रायश्चित गर्ने चाडका रुपमा पनि यसलाई मनाइने गरिएको सभापति शाह मोहम्मदको भनाइ छ । मुस्लिम समुदायले एक महिनाभर निराहार बस्दै पैगम्बरको स्मरण गर्दे नमाज कुरान पढ्ने उनी बताउँछन्।
बिगतका वर्षमा आफ्ना नियमित काम सकेर एक महिने रमजानको अवधिभर दिउँसो मस्जिदमा गएर नमाज पढ्थे । हिजरी संवतको नवौं महिनामा सुरु भएर एक महिनासम्म चल्ने यो पर्वमा सूर्योदयभर केही पनि नखाइ सूर्यास्तपछि तोकिएको समयावधि पूरा गरेर मात्र खाने नियम छ । मुस्लिम समुदायले एक महिनाभर निराहार रोजा (व्रत) बसेर दिनको ५-६ पटक नमाज पढ्ने गर्छन । नमाजसँगसंगै कुरान पनि पढ्नु पर्ने बताइएको छ ।
‘कोही मुस्लिम बिरामी भएमा मजिस्दमा आउनुपर्ने छैन, उसले घरमै बसेर पनि नमाज, कुरान पढे पनि मस्जिदमा पुगेसरह हुन्छ’ भनी धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ‘, बाडखोला—स्याङजा मुस्लिम समाजका अध्यक्ष शेर अली भन्छन्, ‘अत्यावश्यक भएर मस्जिद आउनेलाई पनि सामाजिक दुरी कायम गरि भीडभाड हुन दिने छैनौं।’
.
पहिलो दिन शनिबारको रोजा बिहानदेखि सुरु भइसकेको छ । विहानको नमाज पढीसकेका छन् । दिनभर ५ पटकको नमाज र साँझ झण्डै एक घण्टाको सवारी (विशेष प्राथना) सकेपछि मात्र एक दिनको रोजा सकिन्छ । यो क्रम हरेक दिन भिन्दाभिन्दै समयमा सुरु हुने र अन्त्य हुने गर्छ । ससाना बालबालिका, बिरामी, गर्भवती महिला र अशक्तलाई रोजा बस्न छुट रहे पनि रोजाका निश्चित नियम भने पूरा गर्नुपर्ने हुन्छ ।
अल्पसंख्यक समुदायमा रहेका मुस्लिम समुदायको स्याङजामा पनि बस्ती बाक्लिँदो छ । स्याङजा भर १०-११ वटा मस्जिद छन् । यहाँका मस्जिदमा ताला लगाइएको छ भने मुस्लिम समुदायमा घर घरमा बसेर रमजान मनाइरहेका मुस्लिम संघका पूर्व केन्द्रीय सचिव मुन्ना शेखले बताए । स्याङजामा इन्द्रेस, भीरकोट करुम, बयरघारी, वालिङ, राङखोला, रिङदी, गल्याङ लगायतका क्षेत्रमा मस्जिद छन् । सबै मुस्लिम समुदाय घर घरमै बसेर चाड मनाउने भएका छन् ।
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
२ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …