राजपा र समाजवादीबीच पार्टी एकता, नयाँ नाम जनता समाजवादी पार्टी नेपाल
काठमाडौँ : राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपालबीच पार्टी एकता घोषणा भएको छ। तराईं मधेस केन्द्रित दुई दलले बुधबार मध्यराति पार्टी एकता गर्ने सैद्धान्तिक सहमति गरेका हुन्।
नयाँ एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको छ। पार्टीको झण्डा समाजवादीले प्रयोग गर्दै आएको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा राख्ने र चुनाव चिन्ह राजपाले प्रयोग गर्दै आएको छाता राख्ने सहमति भएको छ।
सरकारले दल विभाजनका लागि खुुकुलो हुने गरी राजनीतिक दल सम्बन्धी ऐन अध्यादेशबाट संशोधन गरेपछि समाजवादी विभाजन हुने निश्चित भएको अवस्थामा दुई दलले एकता घोषणा गरेका हुन्। दुवै दलसँग संघीय संसदमा १७/१७ जना सांसद रहेका छन्। (तस्वीर तथा सम्झौतापत्र बिश्वदिप पाण्डेको फेसबुक पेजबाट)
यस्तो छ समजदारी पत्र :


समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


