वालिङ कोरोना परिक्षणको लागि चार जनाको स्वाव पठाईयो (भिडियो सहित)।

आँधीखोला खबर/वालिङ :
कोरोना परिक्षणको लागि वालिङबाट चार जनाकोस्वाव पोखरा पठाईएको छ । आजबाट पोखरामा परिक्षण शुरु भएसँगै वालिङबाट चार जनाको स्वाव परिक्षणका लागि पठाईएको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमल प्रसाद पाण्डेले जानकारी दिनुभयो ।
दुवैबाट आएका एक जनाको र कतारबाट आएका एकजनाको परिवारको स्वाव परिक्षणका लागि पठाईएको हो । संक्रमित व्यक्तिसँग आएकाले वालिङका एक युवाको परिक्षणका लागि पठाईएको हो उनको अवस्था हाल सामान्य रहेको छ ।
तर कतारबाट आएका चापाकोटका एक व्यक्तिको परिवारका ३ जना कोरोनासँग मिल्दो लक्षण सहित ग्रहौं प्राथमिक स्वास्थ्य अस्पतालमा आए पछि उनीहरुलाई आईसोलेशनमा राख्दै स्वाव परिक्षणका लागि पठाईएको स्वास्थ्य शाखा प्रमुख पाण्डेले बताउनु भयो ।
कोरोना परिक्षणको नतिजा भोलि सम्ममा आउने बताईएको छ । हाल उनीहरुलाई नगरपालिकाले बनाएको आईसोलेसनमा राखेर उपचार भैरहेको छ ।
हेर्नुहोस् भिडियो :
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
४ हप्ता अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…