समाजसेवी तिवारीद्धारा कोरोना राहत कोषमा एक लाख सहयोग

भवानी अधिकारी/स्याङ्जा :
वालिङ निवासी समाजसेवी नित्यानन्द तिवारीले ब्यक्तिगतरुपमा कोरोना राहत कोषमा बिहीवार एक लाख रुपैंया जम्मा गरेका छन् । जिल्ला प्रशासन कार्यालय स्याङजामा पुगेर संघीय सरकारको खातामा जम्मा गर्नेगरी उनले सो रकम जम्मा गरेका हुन ।
वालिङ नगरपालिका ६ मिर्दि निवासी ६० बर्षिया समाजसेवी तिवारीले नेपाल सरकारको कोषमा जम्मा हुनेगरी स्याङजाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ मार्फत एक लाख रुपैंयाको चेक हस्तान्तरण गरेका हुन ।
चेक हस्तान्तरण गर्दै समाजसेवी तिवारीले बढ्दो कोरोना संक्रमणका कारण उत्पन्न विपद ब्यवस्थापनका लागि खर्चगर्नेगरी आफुले ब्यक्तिगतरुपमा सो नगद सहयोग गरेको बताए ।
जिल्ला विपद ब्यवस्थापन समितिका संयोजक समेत रहेका प्रजिअ कुरुम्वाङले विपदका वेला सहयोग गर्ने मनकारी हातलाई धन्यवाद दिदै तिवारीले उपलब्ध गराउनु भएको सहयोग रकम सदुपयोग हुनेमा जोड दिए ।
समाचार
थप सामाग्री
गल्याङमा ५० वटा विउ बंगुर वितरण
१ हप्ता अगाडि
गल्याङ : स्याङ्जाको गल्याङ नगरपालिकामा विउ बंगुरको बच्चा वितरण गरिएको छ । आर्थिक सम्वृद्विका लागि साझेदारी कार्यक्रम अन्तर्गत दुई वटा…