समाजसेवी तिवारीद्धारा कोरोना राहत कोषमा एक लाख सहयोग
भवानी अधिकारी/स्याङ्जा :
वालिङ निवासी समाजसेवी नित्यानन्द तिवारीले ब्यक्तिगतरुपमा कोरोना राहत कोषमा बिहीवार एक लाख रुपैंया जम्मा गरेका छन् । जिल्ला प्रशासन कार्यालय स्याङजामा पुगेर संघीय सरकारको खातामा जम्मा गर्नेगरी उनले सो रकम जम्मा गरेका हुन ।
वालिङ नगरपालिका ६ मिर्दि निवासी ६० बर्षिया समाजसेवी तिवारीले नेपाल सरकारको कोषमा जम्मा हुनेगरी स्याङजाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ मार्फत एक लाख रुपैंयाको चेक हस्तान्तरण गरेका हुन ।
चेक हस्तान्तरण गर्दै समाजसेवी तिवारीले बढ्दो कोरोना संक्रमणका कारण उत्पन्न विपद ब्यवस्थापनका लागि खर्चगर्नेगरी आफुले ब्यक्तिगतरुपमा सो नगद सहयोग गरेको बताए ।
जिल्ला विपद ब्यवस्थापन समितिका संयोजक समेत रहेका प्रजिअ कुरुम्वाङले विपदका वेला सहयोग गर्ने मनकारी हातलाई धन्यवाद दिदै तिवारीले उपलब्ध गराउनु भएको सहयोग रकम सदुपयोग हुनेमा जोड दिए ।
समाचार
थप सामाग्री-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
३ हप्ता अगाडि
काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयको परिमार्जित नयाँ पाठ्यक्रममा आधारित रहेर तयार पारिएको नविन कृति ‘शब्दशास्त्रविज्ञानम्’ को एक विशेष समारोहका बिच…


