समस्याकाे उजागरसँगै समाधानको उपाय खाेजिने टेलिभिजन कार्यक्रम पर्दाफास पुन: सुरु

वालिङ : वालिङ टेलिभिजनबाट सञ्चालन हुने लोकप्रिय कार्यक्रम पर्दाफास पुन सुरु हुने भएको छ । २०७५ साल असोज १९ गते सुरु भएको कार्यक्रम ५२ औँ भागमा पुगेर थप परिमार्जनका साथ प्रसारणमा गर्ने भन्दै रोकिएको थियो । सोही कार्यक्रमको ५३ औँ भाग यहि शुक्रबार साझँ ८ बजे बाट सुरु हुदै छ । टेलिभिजनबाट समस्या देखाउने मात्र हैन समाधान पनि गर्नु पर्छ भनेर कार्यक्रम पर्दाफास सुरुवात गरेको थियौ वालिङ टेलिभिजनका निर्देशक तथा कार्यक्रम उत्पादक मणि प्रसाद अर्यालले भन्नु भयो कार्यक्रमले सुरुको १ वर्षको दौडानमा धेरै समस्याहरुको उजागरण सगैँ समाधान पनि गरेको छ ।

कार्यक्रमको पहिलो भागमा नै बन्द गर्न धम्कि आएको थियो तर कत्ति पनि बिचल्लीत नभई कार्यक्रममालाई निरन्तर ५२ औ भाग सम्म पुर्याएको निर्देशक अर्यालले जानकारी दिनु भयो । कार्यक्रम पर्दाफसलाई धेरै दर्शकको साथ र सहयोग रहेको थियो तर थप परिमार्जनका साथ कार्यक्रम प्रसारणलाई अगाडि बढाउन केही महिना होल्ड गरेको वालिङ टेलिभिजनका अध्यक्ष जोगराज पाठकले बताउनु भयो । सोही कार्यक्रम पर्दाफास अब आगामी दिनमा निरन्तर प्रसारण गर्ने निर्णय गरेको अध्यक्ष पाठकले जानकारी दिनु भयो ।

कार्यक्रमबाट समाजमा हुने हरेक किसीमका बेतिथि, बिसंगति, अन्याय, अत्याचार, भष्टाचार, जस्ता हरेक पक्षमा सत्य, तथ्य र तर्क सहितका विषयमा आवाज उठाउने र त्यसको समाधानको पक्ष औल्याउने कार्यक्रम प्रस्तोता एवं टेलिभिजनका समाचार प्रमुख निर्भीक नारायण भुर्तेलले बताउनु भयो । उहाँले पर्दाफासमा हरेक विषय वस्तुलाई उठान गर्दै सभ्य समाज निर्माण गर्न कोही कसैको प्रलोभनमा नपरी सत्य र तथ्य रुपमा कार्यक्रम संचालन गर्ने बताउनु भयो ।

हिजोको दिनमा कार्यक्रमले जसरी जनताको साथ सहयोग प्राप्त गरेको थियो त्यसरी नै पुन साथ सहयोग र सुचना पाउने अपेक्षा वालिङ टेलिभिजनले गरेको छ । साथै कार्यक्रम पर्दाफासको लागि टेलिभिजनले स्याङ्जा, पर्वत, पाल्पा लगायतका विभिन्न क्षेत्रमा रिर्पोटरहरु चाहिएको कारण इच्छुक व्याक्तिले टेलिजिनमा सम्पर्क गर्न अनुरोध गरेको छ । कार्यक्रम पर्दाफास विशेष रिर्पोटका साथ यहि शुक्रबार साझँ ८ बजे प्रसारण हुदै छ ।

Facebook Comments Box
TOP