मोबाइलमा पैसा सकियो ? नेपाल टेलिकमले निःशुल्क सेवा दिँदैछ
काठमाडौं : लकडाउनमा उपभोक्ताको हितलाई लक्षित गर्दै नेपाल टेलिकमले निःशुल्क सेवा दिने भएको छ ।
नेपाल टेलिकमले कोरोना महामारीको क्रममा आफ्ना ग्राहकको सुविधालाई केन्द्रित गर्दै यस्तो योजना सार्वजनिक गरेको हो । कम्पनीले वितरण गरेका सिम कार्डमा ब्यालेन्स न्यून भई बन्दाबन्दी (लकडाउन) मा आफन्तसँग सम्पर्क गर्न नपाएका झण्डै २ लाखभन्दा बढी सिम प्रयोगकर्ताले निःशुल्क सेवा लिन सक्ने गरी सेवा दिने भएको छ
सोमबार राति १२ बजेबाट लागू हुने यो योजनामा ब्यालेन्स न्यून भएर कल गर्न असमर्थ ग्राहकको लागि कम्पनीले यो विशेष प्याकेज सार्वजनिक गरेको जनाएको छ ।
जिरो ब्यालेन्स नाम दिइएको प्याकेजमा टेलिकमले नेटवर्कभित्र प्रयोग गर्न सकिने गरी २५ वटा अन-नेट एसएमएस, ५० मिनेट अन-नेट भ्वाइस, एक सय एमबी डाटा उपलब्ध गराउनेछ ।
आगामी २ दिनसम्म उपलब्ध गराइने यो प्याकेजको अवधि ७ दिनको हुने बताइएको छ । प्याकेज प्राप्त गर्ने ग्राहकहरूलाई एसएमएसमार्फत् जानकारी पठाइने कम्पनीले जनाएको छ ।
उक्त एसएमएसको निर्धारित जवाफ एसएमएस मार्फत पठाएर प्याकेज लिन सकिनेछ । सो प्याकेज लिन अयोग्य नम्बरमा भने प्याकेज प्रदान गर्न नसकिएको जानकारी प्राप्त हुनेछ । प्याकेज कम्पनीका जीएसएम तथा सीडीएमए प्रिपेड ग्राहकलाई मात्र उपलब्ध गराइने टेलिकमले जनाएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


