निरन्तर बिद्यार्थीका समस्या समाधान गरिरहेकोे नेविसंघ वालिङले भन्यो,कसैलाई अझै समस्या छ कि?
आँधीखोला खवर/वालिङ :
नेविसंघ वालिङले बिद्यार्थीहरुलाई लकडाउनका कारण समस्या परेको भए सम्पर्क गर्न आग्रह गरेको छ । निरन्तर बिद्यार्थीका समस्या समाधान गरिरहेका जनाउदै नेविसंघ वालिङले कोही कसैलाई समस्या परेको भए आफूहरुले अझै पनि सहयोग र सहजिकरण गर्ने बताएको हो ।
नेविसंघ वालिङका सभापति दिक्षान्त प्रताप खाँणले आज एक अपिल प्रकाशित गरेर बिभिन्नतहमा अध्ययनरत विद्यार्थीहरुलाई कुनै समस्या तथा अति आवश्यक वस्तुहरुको अभाव भएमा विद्यार्थीहरुलाई सम्पर्क गर्न अपिल गर्नु भएको हो ।
अपिलमा भनिएको छ, “२०७७ बैशाख ६ गते नेपाल विद्यार्थी संघ को आफ्नो स्थापनाको ५० औं बर्ष पुरागरि ५१ औ बर्षमा प्रवेश गरेको र ने बि संघ केन्द्रिय परिपत्र अनुसार आफ्नो उज्ज्वल भबिष्य निमार्णको लागि विभिन्न जिल्ला , नगरपालिका , गाउँपालिका देखि वालिङका विभिन्न मा बि , क्याम्पसहरुमा अध्ययनको शिलशिलामा वालिङ नगरपालिका भित्र डेरा गरी बसेका विद्यार्थी साथीहरुलाइ केही समस्या तथा अति आबस्यक वस्तुहरुको अभाव भएमा सम्वन्धित विद्यार्थी साथिहरूले सम्पर्क गर्नुहोला ।”
अपिलमा सम्पर्कको लागि फोन नम्वरहरु ९८४६७१११५० र ९८१६६२८४९५ समेत उपलव्ध गराईएको छ ।
समाचार
थप सामाग्री-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
३ हप्ता अगाडि
काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयको परिमार्जित नयाँ पाठ्यक्रममा आधारित रहेर तयार पारिएको नविन कृति ‘शब्दशास्त्रविज्ञानम्’ को एक विशेष समारोहका बिच…


