निरन्तर बिद्यार्थीका समस्या समाधान गरिरहेकोे नेविसंघ वालिङले भन्यो,कसैलाई अझै समस्या छ कि?

आँधीखोला खवर/वालिङ :
नेविसंघ वालिङले बिद्यार्थीहरुलाई लकडाउनका कारण समस्या परेको भए सम्पर्क गर्न आग्रह गरेको छ । निरन्तर बिद्यार्थीका समस्या समाधान गरिरहेका जनाउदै नेविसंघ वालिङले कोही कसैलाई समस्या परेको भए आफूहरुले अझै पनि सहयोग र सहजिकरण गर्ने बताएको हो ।
नेविसंघ वालिङका सभापति दिक्षान्त प्रताप खाँणले आज एक अपिल प्रकाशित गरेर बिभिन्नतहमा अध्ययनरत विद्यार्थीहरुलाई कुनै समस्या तथा अति आवश्यक वस्तुहरुको अभाव भएमा विद्यार्थीहरुलाई सम्पर्क गर्न अपिल गर्नु भएको हो ।
अपिलमा भनिएको छ, “२०७७ बैशाख ६ गते नेपाल विद्यार्थी संघ को आफ्नो स्थापनाको ५० औं बर्ष पुरागरि ५१ औ बर्षमा प्रवेश गरेको र ने बि संघ केन्द्रिय परिपत्र अनुसार आफ्नो उज्ज्वल भबिष्य निमार्णको लागि विभिन्न जिल्ला , नगरपालिका , गाउँपालिका देखि वालिङका विभिन्न मा बि , क्याम्पसहरुमा अध्ययनको शिलशिलामा वालिङ नगरपालिका भित्र डेरा गरी बसेका विद्यार्थी साथीहरुलाइ केही समस्या तथा अति आबस्यक वस्तुहरुको अभाव भएमा सम्वन्धित विद्यार्थी साथिहरूले सम्पर्क गर्नुहोला ।”
अपिलमा सम्पर्कको लागि फोन नम्वरहरु ९८४६७१११५० र ९८१६६२८४९५ समेत उपलव्ध गराईएको छ ।
समाचार
थप सामाग्री
रेडक्रस मानव सभ्यता बचाउने संस्था हो : सांसद थापा
६ दिन अगाडि
स्याङ्जा : प्रतिनिधि सभा सदस्य सांसद राजु थापाले रेडक्रस मानव सभ्यता बचाउने संस्था भएको बताउनु भएकाे छ । नेपाल रेडक्रस…