स्थापना दिवसको अवसर पारेर नेविसंघ स्याङ्जाद्धारा ४० हजार बराबरको थर्माेगन हस्तान्तरण

कुमार बाबु हिताँगा / स्याङ्जा :
नेपाल विद्यार्थी संघ स्याङ्जा द्धारा ४० हजार बराबरको थर्मोगन जिल्ला प्रशासन कार्यलय स्याङ्जालाई हस्तान्तरण गरेको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (Covid-19) को नियन्त्रणका लागि अत्यावश्यक पर्ने ज्वरो नाप्ने थर्मोगन सदरमुकामको जिल्ला अस्पताल स्याङ्जामा अभावका समचारहरु आएको केहि दिन मै नेविसंघ जिल्ला कार्यसमितिको पहलमा थर्मोगन हस्तान्तरण गरिएको नेविसंघ स्याङ्जाका सभापति अजित क्षेत्रीले जानकारी दिए ।
नेपाल विद्यार्थी संघको ५१ औ स्थापना दिवसको अवसरमा ज्वरो नाप्ने थर्मोगन हस्तान्तरण गरेको हो । नेविसंघले अघिल्लो वर्षहरुमा अन्य रचनात्मक कार्य गरे पनि अहिले देश दुखेको वेला मल्म लगाउने जिम्मेवारी भएको सभापति क्षेत्रीले बताए । उनले भने विपदको बेला नेविसंघ संधै संगै सहयोग र सहकार्य गर्न चाहान्छ ।

प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुमवाङ्ले नेपाल विद्यार्थी संघ स्याङ्जा जिम्मेवार संगठनको पहिचान दिएको बताउदै जिल्ला स्तरीय कोभिड १९ नियन्त्रण,रोकथाम तथा व्यबस्थापन समितिमा छलफल गरि आवश्यक ठाँउमा थर्मोगन पठाइने जानकारी दिए ।
नेविसंघ जिल्ला सभापति अजित क्षेत्रीले नेपाली काँग्रेस स्याङ्जाका कार्यवहाक सभापति वुद्धि बहादुर (कुमार) राना, नेविसंघ क्षेत्रिय सभापति विज्ञान भण्डारी,उपाध्यक्ष सौजन गुरुङ् र स्वीयु उपसभापति तथा जिल्ला सभापति गौरव प्रधानको उपस्थितीमा थर्मोगन हस्तान्तरण गरिएको हो ।
समाचार
थप सामाग्री
रिद्धिसिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङको १६औँ साधारण सभा
३ दिन अगाडि
वालिङ: रिद्धिसिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ ६ मिर्दिको १६औँ साधारण शनिबार सम्पन्न भएको छ । पतञ्जली योग…