लकडाउन उल्लघंनमा प्रशासन आक्रामक-स्याङ्जामा जनप्रतिनिधिबाट लकडाउनको उल्लंघन, जथाभावी बाँडियो पास
श्रीकृष्ण सिग्देल/स्याङ्जा : सरकारले गरेको निर्णय विपरीत धमाधम स्थानीयतहका जनप्रतिनिधिहरुले सवारी पास वितरण गर्न थालेका छन् । लकडाउन अवधीमा जिल्ला प्रशासन र इलाका प्रशासनबाट वितरण गर्ने सरकारी निर्णयको विपरित वडा अध्यक्षहरुले सवारी पास दिन थालेपछि लकडाउन उल्लंघन भएको पाइएको छ ।
लकडाउनको अवधी बढ्दै जान थालेपछि स्याङ्जाका जनप्रतिनिधिहरु आफ्ना नागरिकलाई धमाधम सवारी पास वितरण गरेपछि प्रशासनले ध्यानाकर्षण समेत गरेको छ । सिद्धार्थ राजमार्ग र भित्रि सडकमा मोटरसाईकल लगायत अन्य सवारी साधन चल्न थालेपछि इलाका प्रशासन र वडा प्रहरी कार्यालयले अनुगमन समेत थालेको छ । अधिकांश सवारी साधनहरुले वडा अध्यक्षले जारी गरेको पास देखाउन थालेपछि प्रशासन लकडाउनलाई उल्लंघन भएको भन्दै आक्रमक बनेको छ ।
लकडाउन अवधीभर दैनिक अत्यआवश्यक बाहेक घरबाट बाहिर ननिस्कन सरकारले आग्रह गर्दै आएको छ । अत्यआवश्यक परेर बाहिर हिड्नु परेमा जिल्ला प्रशासन वा इलाका प्रशासन सगँ समन्वय गरेर मात्र हिडडुल गर्न सरकारले सबै नागरिकलाई अनुरोध गरेपनि यसको कार्यन्वयनमा जनप्रतिनिधिहरु नै बाधक बनेका छन् ।
.
जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालय बाहेकले सवारी आवागमनका लागि पास बाड्ने व्यवस्थालाई उल्लंघन गरेको देखियो अनुगमनमा पुगेका इलाका प्रशासन कार्यालय वालिङका प्रमुख दामोदर शर्माले बताए । अनुगमनका क्रममा स्थानीय पालिकाका वडा अध्यक्षहरुले आवतजावतका लागि पास वितरण गरेको फेला पारेका छौ शर्माले भने,“पहिलो पटक जारी भएका पास नियन्त्रणमा लिने र जनप्रतिनिधिलाई अब पासको दुरुपयोग नगर्न आग्रह गरेका छौं ।” फेरि पनि यो क्रियाकलाप नरोकिएमा यस विषयमा प्रशासन कडा कदम चाल्न सक्छ उनले भने । सबै भन्दा बढी उल्लंघन प्रशासनको कम पहुँच भएको पालिकामा पाईएको छ । गल्याङ नगरपालिका र कालीगण्डकी गाँउपालिकाका केही वडा अध्यक्षहरुले वितरण गरेको सवारी पासलाई वडा प्रहरी र इलाका प्रशासनले नियन्त्रणमा समेत लिइएको छ ।
विश्वलाई नै आतकिंत पारेर फैलिएको कोरोना भाईरसको संक्रमणबाट बच्न लकडाउन नै अहिले सम्मको सफलता नेपालका लागि ठिक भएको सरकारले पनि ठहर गर्दै आएको छ । स्याङ्जामा स्थानीय पालिकाहरुका जनप्रतिनिधिहरु सगँको समन्वय राम्रो भएका कारण जिल्लामा लकडाउन उल्लंघन नभएको जिल्ला प्रशासन कार्यालयले दावी गरेको छ ।
.
नागरिकको अत्यावश्यकतालाई मध्यनजर गरेर जनप्रतिनिधिहरुले पास वितरण गरेका होलान् प्रजिअ रामबहादुर कुरुम्बाङ्ले भने,“जिल्लाका सबै पालिकाका प्रमुखहरु सगँ बसेर हामीले एकद्धार प्रणालीबाट आवातजावतलाई सुनिश्चित बनाऔ भनेर छलफल गरेका छौं ।” सबै पालिकाले अत्याआवश्कतालाई मध्यनजर गरेर पास वितरण गर्ने हो भने लकडाउन झनै उल्लंघन हुन्छ उनले भने । यो लकडाउन अवधीमा नागरिकका दैनिक आवश्यकतालाई हरेक पालिकाले संकलन गरी घर घरमा सेवा दिने प्रवन्ध मिलाएकाले अबका दिनमा पालिकाबाटै पास वितरण नहुने प्रजिअले दावी गरे ।
जिल्लाका विभिन्न स्थानमा लकडाउन उल्लंघन गर्नेहरुका सवारी साधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । हाल सम्मको लकडाउन अवधीभर करि दुई सय मोटरसाईकल र अन्य सवारी साधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
अत्यआवश्यक व्याक्तिको समस्या पहिचान गरेर हिड्ने व्यवस्था मिलाएपनि स्थानीय पालिकाका वडा अध्यक्षहरुले प्रशासन सगँ समन्वय गरेर पास वितरण गर्न सकेमा लकडाउन उल्लंघनमा कमी आउने देखिन्छ । सरकारले गरेको लकडाउन हामी नागरिककै निम्ति हो भन्ने सचेतना नागरिकमा हुन सकेमा विश्वभर फैलिएको कोरोना भाईरस सगँललड्न सहज हुने देखिन्छ । यो समस्या सरकारको मात्रै नभएर सबै नेपालीको हो भन्ने बुझ्नु आवश्यक छ ।
स्याङ्जामा विदेशबाट आएका २ सय १७ जनाको स्वाब परिक्षण गरिएकोमा सबैको नेगेटिभ देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला प्रशासनको तथ्याङ्क अनुसार स्याङ्जामा करिव ७ सय जना भारत र तेस्रो मुलुकबाट आएको देखिएको छ । सबैको स्वाब परिक्षण गर्ने योजनामा रहेको प्रशासनले जनाएको छ ।
समाचार
थप सामाग्रीगरिमा विकास बैंकको अध्यक्षमा दिलिप प्रताप खाँण
१ हप्ता अगाडि
पाेखरा : गरिमा विकास बैंकको अध्यक्षमा दिलिप प्रताप खाँण निर्वाचित हुनुभएको छ । सोमबार बैंकको पोखरामा भएको १८ औं साधारणसभा…