नेकपा स्याङ्जाद्धारा विपत राहत कोषमा ४ लाख रकम प्रदान

स्याङ्जा : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटि स्याङ्जाले हाल बिश्वभर माहामारी निम्ताएको कोभिड -१९कोरोना भाईररस रोकथाम तथा भै परि आउने समस्या समाधान को लागि बनेको गण्डकी प्रदेश बिपत कोष र स्याङ्जा जिल्ला बिपत कोष लाई २/२ लाख हस्तान्तरण गरिएको छ।
गण्डकि प्रदेशका मुख्यमन्त्री पृथ्विसुव्बा गुरुङ लाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्याङ्जाका जिल्ला अध्यक्ष सुर्य प्रसाद गैह्रेले हस्तान्तरण गर्नुभएको छ। आजै जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुङ्बाङ लाई समेत अध्यक्ष सुर्य प्रसाद गैह्रेले रकम हस्तान्तरण गर्नु भएको थियो।
।

नेकपा गण्डकी प्रदेशका सचिव गोबिन्द नेपाली, नेकपाको केन्द्रिय सदस्य सिता सुन्दास,जिल्ला सचिव मिन प्रसाद गुरुङ,ललित थापा,टिकाराम बि.क लगायतको उपस्थितिमा रकम हस्तान्तरण गर्नु भएको हाे ।कोरोनाले आक्रान्त बनाईरहेको यस दुखद घडीमा हाम्रो सङ्गठनको तर्फबाट हामीले सहयोग गरेका बताउदै प्रदेश र जिल्ला बलियो बनाउन हाम्रो सहयोगले थप भुमिका खेल्ने छ अध्यक्ष गैह्रेले भन्नुभयाे ।
समाचार
थप सामाग्री
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
१ महिना अगाडि
पोखराको लेकसाइड क्षेत्रमा आयोजना हुने भनिएको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ को स्थान परिवर्तन भएको छ । लेकसाइड क्षेत्रमा…