अध्यादेशविरुद्ध विपक्षी दल एक ठाउँमा, भन्छन्- अध्यादेश फिर्ता लेऊ

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको नेतृत्वमा बसेको विपक्षी दलहरूको बैठकले सरकारले हालै ल्याएको अध्यादेश फिर्ता गर्न माग गरेको छ।
सरकारले राजनीतिक दल र संवैधानिक परिषद सबन्धी ल्याएको अध्यादेशले संविधानमाथि प्रहार गरेको तथा राजनीतिक अस्थिरता निम्त्याउन सहयोग पुग्ने भन्दै अध्यादेश फिर्ता लिन माग गरेको हो।
सो बैठकमा उपस्थित कांग्रेस केन्द्रीय सदस्य प्रकाशशरण महतका अनुसार अध्यादेश फिर्ता लिनु पर्ने र संसद बैठक तत्काल बोलाउन माग गर्ने निर्णय भएको जानकारी दिएका छन्। उनका अनुसार उक्त बैठकले राजनीतिक दल विभाजन सम्बन्धी ऐनलाई खुकुलो बनाएर पार्टीहरूमा विभाजनको ढोका खोलिदिन लागेको तथा प्रतिपक्ष दलका नेताको उपस्थिति बिना नै संवैधानिक नियुक्तिहरूमा मनोमानी गर्न खोजेको निष्कर्ष पनि निकालिएको छ।
.


समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…