स्याङ्जाका कांग्रेस नेता बस्नेतको निधन, गोपालमानले ओढाए झण्डा

नेपाली कांग्रेसले स्याङ्जाको भिरकोट नगरपालिका–२ निवासी पार्टीका अग्रज नेता क्या. कृष्णबहादुर बस्नेतको निधनप्रति दुःख व्यक्त गरेको छ ।
बस्नेतको शुक्रबार काठमाडौँको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा ७९ वर्षको उमेरमा निधन भएको हो ।
कांग्रेसले उनको निधनप्रति दुःख व्यक्त गर्दै उनको आत्माको चिरशान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । कांग्रेस नेता एवं पूर्वउपसभापति गोपालमान श्रेष्ठले शुक्रबारै अस्पतालमा पुगी बस्नेतको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरेका थिए ।
उनको पार्थिव शरीरलाई भोलि स्याङ्जाको राम्दीमा ल्याएर अन्तिम संस्कार गरिने कार्यक्रम रहेको पार्टी केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए ।
स्व बस्नेत साविकको बानेथोक देउराली गाउँ कार्यसमितिको पार्टीको पूर्वसभापति हुनुका साथै २०४९ र २०५४ सालको स्थानीय निर्वाचनमा कांग्रेसको तर्फबाट गाविस अध्यक्षसमेत निर्वाचित भएका थिए ।
बस्नेतले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टीको सङ्गठनमा सक्रिय भूमिका निर्वाह गरेको पार्टी कार्यालयले जनाएको छ । बस्नेतका श्रीमती, तीन छोरा र दुई छोरी छन् ।
.

समाचार
थप सामाग्री
स्याङ्जाकाे फेदीखोला गाउँपालिका सम्मानित
१६ घण्टा अगाडि
स्याङ्जा : अनौपचारिक सामाजिक सुरक्षा कोषमा पहिलो पटक आबद्ध भएको गाउँपालिका फेदीखोला सम्मानित भएको छ । कोषको छैटौँ वार्षिकोत्सवका अवसरमा…