स्याङ्जाका कांग्रेस नेता बस्नेतको निधन, गोपालमानले ओढाए झण्डा
नेपाली कांग्रेसले स्याङ्जाको भिरकोट नगरपालिका–२ निवासी पार्टीका अग्रज नेता क्या. कृष्णबहादुर बस्नेतको निधनप्रति दुःख व्यक्त गरेको छ ।
बस्नेतको शुक्रबार काठमाडौँको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा ७९ वर्षको उमेरमा निधन भएको हो ।
कांग्रेसले उनको निधनप्रति दुःख व्यक्त गर्दै उनको आत्माको चिरशान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । कांग्रेस नेता एवं पूर्वउपसभापति गोपालमान श्रेष्ठले शुक्रबारै अस्पतालमा पुगी बस्नेतको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरेका थिए ।
उनको पार्थिव शरीरलाई भोलि स्याङ्जाको राम्दीमा ल्याएर अन्तिम संस्कार गरिने कार्यक्रम रहेको पार्टी केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए ।
स्व बस्नेत साविकको बानेथोक देउराली गाउँ कार्यसमितिको पार्टीको पूर्वसभापति हुनुका साथै २०४९ र २०५४ सालको स्थानीय निर्वाचनमा कांग्रेसको तर्फबाट गाविस अध्यक्षसमेत निर्वाचित भएका थिए ।
बस्नेतले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टीको सङ्गठनमा सक्रिय भूमिका निर्वाह गरेको पार्टी कार्यालयले जनाएको छ । बस्नेतका श्रीमती, तीन छोरा र दुई छोरी छन् ।
.

समाचार
थप सामाग्री-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
३ हप्ता अगाडि
चापाकोट : चापाकोट नगरपालिका वडा नं. १ को वडा कार्यालयमा आज युवाहरूले तालाबन्दी गरेका छन्। वडा अध्यक्ष भुपराज वोस्तीले स्थानीय…


