गल्याङ नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा सहयोग आउने क्रम जारी
गल्याङ : स्याङ्जाको गल्याङ नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन राहत कोषमा सहयोग आउने क्रम बढेको छ ।
नगरपालिकाको राहत कोषमा विभिन्न संस्था तथा व्यक्तिबाट राहत आउने क्रम बढेको हो ।
विहीबार नेपाल कम्युनिष्ट पार्टी नेकपा गल्याङ नगरपालिका वडा नम्बर आठ वडा कमिटिले ३१ हजार एक सय १५ रुपैयाँ सहयोग गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका वडा कमिटि अध्यक्ष दिपक अधिकारीले नगरप्रमुख भुपराज अधिकारीलाई रकम हस्तान्तरण गर्नुभएको हो । यस्तै विहीबार नै श्री सिद्व दुग्ध सहकारी संस्था लिमिटेडले पनि दश हजार एक सय ११ रुपैयाँ सहयोग गरेको छ ।
संस्थाका अध्यक्ष दिपक अधिकारीले नै यो रकमको चेक नगरप्रमुख अधिकारीलाई हस्तान्तरण गर्नुभएको हो ।
सहयोग रकम ग्रहण गर्दै नगरप्रमुख भुपराज अधिकारीले सम्पूर्ण सहयोग रकमको उचित सदुपयोग गरिने प्रतिबद्वता व्यक्त गर्नुभयो ।
.

नगरप्रमुख अधिकारीले गल्याङ नगरपालिकामा उत्पादित तरकारीको व्यवस्थापनका लागि भूमिका खेल्न पनि व्यवसायी उद्यमी कृषि सहकारी संस्थालाई आग्रह गर्नुभयो ।
उहाँले किसानले उत्पादन गरेका सम्पूर्ण उत्पादनहरु बजारमा पठाउन आफु प्रतिबद्व रहेको भन्दै यसका लागि सहयोग गर्न अपिल गर्नुभयो ।
यसैवीच, लक्ष्मी बैंक शाखा कार्यालय गल्याङको तर्फबाट आजै गल्याङ नगरपालिकाका लागि असी वटा सेनिटाइजर र दश पाकेट मास्म हस्तान्तरण गरिएको छ ।
शाखा प्रबन्धक मणीप्रसाद बस्यालले नगरप्रमुख भुपराज अधिकारीलाई यो सहयोग हस्तान्तरण गर्नुभएको हो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


