गल्याङ नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा सहयोग आउने क्रम जारी

गल्याङ : स्याङ्जाको गल्याङ नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन राहत कोषमा सहयोग आउने क्रम बढेको छ ।
नगरपालिकाको राहत कोषमा विभिन्न संस्था तथा व्यक्तिबाट राहत आउने क्रम बढेको हो ।
विहीबार नेपाल कम्युनिष्ट पार्टी नेकपा गल्याङ नगरपालिका वडा नम्बर आठ वडा कमिटिले ३१ हजार एक सय १५ रुपैयाँ सहयोग गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका वडा कमिटि अध्यक्ष दिपक अधिकारीले नगरप्रमुख भुपराज अधिकारीलाई रकम हस्तान्तरण गर्नुभएको हो । यस्तै विहीबार नै श्री सिद्व दुग्ध सहकारी संस्था लिमिटेडले पनि दश हजार एक सय ११ रुपैयाँ सहयोग गरेको छ ।
संस्थाका अध्यक्ष दिपक अधिकारीले नै यो रकमको चेक नगरप्रमुख अधिकारीलाई हस्तान्तरण गर्नुभएको हो ।
सहयोग रकम ग्रहण गर्दै नगरप्रमुख भुपराज अधिकारीले सम्पूर्ण सहयोग रकमको उचित सदुपयोग गरिने प्रतिबद्वता व्यक्त गर्नुभयो ।
.

नगरप्रमुख अधिकारीले गल्याङ नगरपालिकामा उत्पादित तरकारीको व्यवस्थापनका लागि भूमिका खेल्न पनि व्यवसायी उद्यमी कृषि सहकारी संस्थालाई आग्रह गर्नुभयो ।
उहाँले किसानले उत्पादन गरेका सम्पूर्ण उत्पादनहरु बजारमा पठाउन आफु प्रतिबद्व रहेको भन्दै यसका लागि सहयोग गर्न अपिल गर्नुभयो ।
यसैवीच, लक्ष्मी बैंक शाखा कार्यालय गल्याङको तर्फबाट आजै गल्याङ नगरपालिकाका लागि असी वटा सेनिटाइजर र दश पाकेट मास्म हस्तान्तरण गरिएको छ ।
शाखा प्रबन्धक मणीप्रसाद बस्यालले नगरप्रमुख भुपराज अधिकारीलाई यो सहयोग हस्तान्तरण गर्नुभएको हो ।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
४ हप्ता अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…