मुक्तिनाथ विकास बैंकद्धारा चापाकोट नगरपालिकालाई खाद्यान्न सहयोग

आँधीखोला खबर/चापाकोट :
मुक्तिनाथ विकास बैंकले चापाकोट नगरपालिकालाई खाद्यान्न हस्तान्तरण गरेको छ ।
लक डाउनको मारमा परेका अतिबिपन्न,मजदुर,असाहाय र बिद्यार्थी लगायतका नागरिकलाई लक्षित गर्दै बैंकले खाद्यान्न सहयोग गरेको स्याङ्जा शाखाका प्रवन्धक नविन काफ्लेले बताउनु भयो । समस्यामा परेका नागरिकलाई केही भए पनि राहत पुगोस् भनेर बैंकले खाद्यान्न सहयोग गरेको प्रवन्धक काफ्लेले बताउनु भयो ।
प्रवन्धक काफ्लेले नगर प्रमुख शिवकुमार गिरीलाई खाद्यान्न लगायतका सामाग्री हस्तान्तरण गर्नु भएको हो । सामाग्री ग्रहण गर्दै नगरप्रमुख गिरीले खाद्यान्न अति आवश्यक नगरवासीको परिवारमा पुर्याईने जानकारी गराउनु भयो । उहाँले खाद्यान्न उपलव्ध गराएकोमा बैंकलाई धन्यवाद समेत दिनुभयो ।
मुक्तिनाथ बैंकले चामल,तेल,नुन,दाल लगायतका सामाग्री गरी रु ५० हजार बराबरको सामाग्री चापाकोट नगरपालिकालाई प्रदान गरेकोे हो ।
समाचार
थप सामाग्री
झोलुङ्गे पूललाई व्यवसायिकतामा जोडौं : नगरप्रमुख रेग्मी
६ दिन अगाडि
स्याङ्जा : पुतलीबजार नगरपालिका ८ स्थित सुन्दरखोलामा निर्माण गरिएको झोलुङ्गे पूलको शुभारम्भ गरिएको छ । पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीले…