मुक्तिनाथ विकास बैंकद्धारा चापाकोट नगरपालिकालाई खाद्यान्न सहयोग
आँधीखोला खबर/चापाकोट :
मुक्तिनाथ विकास बैंकले चापाकोट नगरपालिकालाई खाद्यान्न हस्तान्तरण गरेको छ ।
लक डाउनको मारमा परेका अतिबिपन्न,मजदुर,असाहाय र बिद्यार्थी लगायतका नागरिकलाई लक्षित गर्दै बैंकले खाद्यान्न सहयोग गरेको स्याङ्जा शाखाका प्रवन्धक नविन काफ्लेले बताउनु भयो । समस्यामा परेका नागरिकलाई केही भए पनि राहत पुगोस् भनेर बैंकले खाद्यान्न सहयोग गरेको प्रवन्धक काफ्लेले बताउनु भयो ।
प्रवन्धक काफ्लेले नगर प्रमुख शिवकुमार गिरीलाई खाद्यान्न लगायतका सामाग्री हस्तान्तरण गर्नु भएको हो । सामाग्री ग्रहण गर्दै नगरप्रमुख गिरीले खाद्यान्न अति आवश्यक नगरवासीको परिवारमा पुर्याईने जानकारी गराउनु भयो । उहाँले खाद्यान्न उपलव्ध गराएकोमा बैंकलाई धन्यवाद समेत दिनुभयो ।
मुक्तिनाथ बैंकले चामल,तेल,नुन,दाल लगायतका सामाग्री गरी रु ५० हजार बराबरको सामाग्री चापाकोट नगरपालिकालाई प्रदान गरेकोे हो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


