स्याङ्जाका मित्र काफ्ले क्यानडामा विआरएसी (BRAC)को निर्देशकमा नियुक्त


आँधीखोला खबर : स्याङ्जाका मित्र काफ्ले क्यानडामा विआरएसी (BRAC)को निर्देशक पदमा नियुक्त हुनुभएको छ । काफ्लेलाई विआरएसीका सभापति कुरियन प्राक्कनमले संस्थाको निर्देशकमा नियुक्त गर्नुभएको हो । ब्राम्टन रेसिडेन्स एसोसिएसन काउन्सील विआरएसीको बोर्डमा नियुक्त हुने काफ्ले एकजना मात्रै नेपाली हुनुहुन्छ । संस्थामा रहेर काफ्लेले नेपाल लगायत दक्षिण एसियाका बिभिन्न देशका नागरिकहरुसँग समन्वय गर्नुहुने बताईएको छ ।
विआरएसी कस्तो संस्था हो :
यो एक सामाजिक संस्था हो । जसले स्थानीय तथा संघीय सरकारसँग मिलेर काम गदर्छ । यसले मानवीय सेवाका कार्यहरु गर्ने गर्दछ, स्थानीय संघ संस्थाहरुको छाता सँगठनको रुपमा रहेको यो संस्थालाई ब्राम्टनमा अत्यन्तै प्रतिष्ठित र महत्वपूर्ण संस्थाको रुपमा लिने गरिन्छ । ब्राम्टन रेसिडेन्स एसोसिएसन काउन्सीलले नेपाली लगायतका धेरै देशका नागरिकका बिभिन्न काममा सहयोग समेत गर्दै आएको छ । यस संस्थालाई सरकारले बिश्वासिलो संस्थाको रुपमा समेत लिने गर्दछ ।
को हुन निर्देशक बनेका काफ्ले :
स्याङ्जाको वालिङ नगरपालिका वडा नम्वर १ स्थायी ठेगाना भएका काफ्ले विगत ११ बर्ष देखि क्यानडामा बस्दै आउनु भएको छ । परिवारसँगै क्यानडामा रहनुभएको काफ्लेले सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा काम गर्दै आउनु भएको छ । अमेरिकामा अध्ययन गरेर नेपाल फर्किएपछि काफ्ले क्यानडा पुग्नु भएको हो । अमेरिका र क्यानडा निरन्तर आवतजावत गरिरहनु हुने काफ्ले एसोसिएसन अफ नेप्लीज ईन नर्थ अमेरिकाकाका निर्वतमान् उपाध्यक्ष समेत रहनु भएको छ ।
काफ्ले क्यानाडामा लामो समय देखि उद्यमी तथा कहलिएका समाजसेवीको रुपमा परिचित हुनुहुन्छ । घर जग्गाको लगानीकर्ता, सामाजिक, राजनीतिक तथा सामुदायिक कार्यकर्ता, मानव अधिकार तथा नागरिक अधिकारको क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आउनु भएको छ ।
त्यस्तै काफ्लेले महिला शसक्तिकरण, बाल अधिकार, द्वन्द व्यवस्थापन, लोककल्याण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिको क्षेत्रमा समेत कार्य सम्पादन गर्दै आउनुभएको छ ।

गैर नेपाली संघ NRN क्यानाडाका संस्थापक ( Founder ), ANA का पास्ट Vice President, पश्चिम सामुदायिक सेवा इन्कर्पाेरेशन (GTA E W C S ) को अध्यक्ष समेत भइ कार्य अनुभव बटुलिसक्नु भएकाे छ । ब्राम्टन माउण्ट एभ्रेस्ट लायन्स क्लव को (चार्टर), क्यानाडा को संस्थापक पहिलो निर्बाचित सभापति, ( INC) विश्व अन्तर्राष्टिय नेपाली समुदायको देशीय निर्देशक, ( GIDSS ) जीआईडिएसएस नेपाल, सुरक्षित र स्वस्थ नेपालका संस्थापक, ( UICB ) सिमा विहीन अन्तर्राष्टिय क्यानडा शाखा को प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य सम्पादनको पनि उहाँमा अनुभव रहेको छ ।

.

निर्देशक जस्तो गरिमामय पदमा नियुक्त हुनु भएको बधाई दिदै आँधीखोला खबरको तर्फबाट पनि सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं । सम्पादक
Facebook Comments Box
TOP