मन्त्री पद्मा अर्यालद्वारा गल्याङलाई स्वास्थ्य सामाग्री प्रदान
आँधीखोला खबर/गल्याङ :
भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गल्याङ नगरपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गर्नुभएको छ ।
जिल्ला सहकारी संघका अध्यक्ष लक्ष्मीपति पौडेलले विहीबार मन्त्री अर्यालको तर्फबाट प्रदान गरिएको स्वास्थ्य सामाग्री प्रदान गर्नुभएको हो ।
मन्त्री अर्यालको तर्फबाट पठाइएको छ थान पिपिई, पाँच थान एन ९५ माक्स, दुई थान गाउन, एक थान इन्फारेड थर्मोमिटर र ५० पिस सर्जिकल माक्स पौडेलले गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीलाई हस्तान्तरण गर्नुभयो ।
सहयोग सामाग्री ग्रहण गर्दै नगरप्रमुख भुपराज अधिकारीले सहयोगका लागि धन्यवाद दिदै थप सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।
समाचार
थप सामाग्री-
एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्ग्यायो यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित)
-
प्रथम ॐ कार कपको उपाधि एनएएफसी पोखरालाई
-
स्याङ्जामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थपियो ।
-
स्याङ्जाका दुबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना ।
-
आयुर्वेद चिकित्सा परिषदमा दर्ता भएका जनशक्तिबाट मात्र सेवा लिन आग्रह
प्रथम खुमा अर्याल टि–२० रनिङ कप क्रिकेट सुरु हुँदै ।
२ दिन अगाडि
स्याङ्जा : प्रथम खुमा अर्याल टि–२० रनिङ कप क्रिकेट प्रतियोगिता शुक्रबारबाट सुरु हुँदैछ । पुतलीबजार नगरपालिका –१ मालेबगर खेलमैदानमा खुमा…


