क्वारेन्टाईनमा बस्नेका लागि औषधी ब्यवसायी संघको औषधी सहयोग

भवानी अधिकारी/स्याङजा :
कोरोना भाइरस संक्रमण न्यूनीकरणका लागि भन्दै औषधी ब्यवसायी संघ स्याङजाले औषधी लगायतका आवश्यक सामाग्री प्रदान गरेका छन ।
प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ मार्फत क्वारेन्टाईनमा बस्नेहरुका लागि भन्दै सेनीटाइजर, ग्वोब्स, प्यारासिटामोल, गुड नाइट लगायतका सामाग्री हस्तान्तरण गरिएको हो ।
संघका अध्यक्ष उर्मिला बस्नेतले ३० वटा सेनीटाइजर, एक सय वटा ग्लोब्स, एक प्याकेट प्यारासिटामोल र ६ प्याकेट गुड नाइट लगायतका ओैषधीजन्य सामाग्री हस्तान्तरण गर्दै फेरि पनि आवश्यक परेमा संघले सहयोग गर्ने बताउनुभयो ।
औषधी ब्यवसायी संघको सहयोगलाई धन्यवाद दिदै प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले सबैको सहयोग र सदभावले कोरोना भाइरस संक्रमणबाट अहिलेसम्म जिल्ला सुरक्षित रहेको बताउनुभयो ।

Facebook Comments Box
TOP