नयाँ वर्षमा कस्तो होला मौसम ?

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानिय वायुको प्रभाव रहेको छ। हाल देशको पूर्वी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
आइतबार नयाँ वर्षको अन्तिम दिन पनि हो । न्यूइयर इभ कोरोना भाइरसको त्रासले गर्दा घरमै क्वारेन्टाइनमा बसेर मनाइन वाध्य पारेको छ ।
दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। अपरान्हपछि पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।
मौसमविद् गंगा नगरकोटीका अनुसार आइतबार बिहान उपत्यकासहित मध्यपहाडी भूभागमा आंशिक बदली रहेको छ ।
तत्काल वर्षाको सम्भावना कम रहेको नगरकोटीले बताइन् । अपरान्हपछि भने पूर्वी तथा पश्चिमी पहाडी क्षेत्रमा क्षणिक वर्षा हुन सक्नेछ ।
उपत्यकामा पानी पर्ने सम्भावना छैन । तर भिजिबिलिटी भने निकै कम रहेको छ । बिहान २.५ किलोमिटर मात्र भिजिबिलिटी रहेको छ ।
तापक्रम १३ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम ३० डिग्रीसम्म पुग्न सक्नेछ ।
महाशाखाले देशको पहाडी भूभागका एक–दुई स्थानमा अपरान्हपछि मेघ गर्जन र चट्याङ सहित क्षणिक वर्षा हुन सक्ने देखिएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरेको छ । हाम्राकुरा बाट
समाचार
थप सामाग्री-
धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन पोखरामा साइकल र्याली हुने ।
-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी

स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
१ महिना अगाडि
काठमाडौँ : नेपाल टेलिभिजनका बरिष्ठ समाचार सम्पादक शालिक सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ २०८१ बाट सम्मानित हुनु भएको छ । स्वास्थ्य…