कोरोनाबाट स्याङ्जाका यामबहादुर मल्ल गौडेलको बेलायतमा मृत्यु ।
आँधीखोला खवर :
स्याङ्जा वालिङ नगरपालिका वडा नम्वर ९ तल्लो वालिङ घर भई बेलायतमा बसोवास गर्दै आएका भूतपूर्व गोर्खा यामबहादुर मल्ल गौडेल (२११३२९०६ Ex-QGS Staff Sergeant ) को कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको छ । बेलायतको स्वीन्डनमा बस्दै आएका उनको निधन भएको वालिङ समाज युके अध्यक्ष धनु पुरन थकालीले जानकारी दिनुभयो ।
मल्लको स्वास्थ्य स्थिति कमजोर बन्दै गएपछि उनलाई चार दिन अगाडि स्वीन्डनस्थित ग्रेट वेष्टर्न हस्पिटलमा भर्ना गरिएको थियो । हस्पिटलमा उपचारकै क्रममा निधन भएको हो ।
उनलाई ज्वरो आउने, रुघाखोकी, डाइरिया तथा बमिटिंग लगायतको समस्या उत्पन्न भएपछि हस्पिटल लागिएको र ४८ घण्टापछि कोरोनाको पुष्टि भएको क्षेत्रीले बताए ।
सन् २००४ देखि आफ्ना छोरा बुहारी नारायण गौडेल मल्ल तथा शान्ता मल्लका साथ बेलायतको स्वीन्डनमा बस्दै आएका थिए । उनको तीन छोरी र एक छोरा रहेका छन् । स्याङ्जा जिल्लाको वालिङ घर भएका मलको यसअघि नै हंङकंगमा वाइपास सर्जरी गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
यसैबीच वालिङ समाज युकेले आफ्ना सल्लाहकार खेम गौडेलका पिता याम बहादुर मल्ल गौडेलको निधन प्रति शोक व्यक्त गरेको छ । समाजका अध्यक्ष धनु पुरन थकालीले स्टाटस लेख्दै समवेदना प्रकट गर्नु भएको हो ।
हालसम्म कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ८ जना नेपालीको ज्यान गैसकेको छ ।
समाचार
थप सामाग्री-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।…


