कोरोनाबाट स्याङ्जाका यामबहादुर मल्ल गौडेलको बेलायतमा मृत्यु ।

आँधीखोला खवर :
स्याङ्जा वालिङ नगरपालिका वडा नम्वर ९ तल्लो वालिङ घर भई बेलायतमा बसोवास गर्दै आएका भूतपूर्व गोर्खा यामबहादुर मल्ल गौडेल (२११३२९०६ Ex-QGS Staff Sergeant ) को कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको छ । बेलायतको स्वीन्डनमा बस्दै आएका उनको निधन भएको वालिङ समाज युके अध्यक्ष धनु पुरन थकालीले जानकारी दिनुभयो ।
मल्लको स्वास्थ्य स्थिति कमजोर बन्दै गएपछि उनलाई चार दिन अगाडि स्वीन्डनस्थित ग्रेट वेष्टर्न हस्पिटलमा भर्ना गरिएको थियो । हस्पिटलमा उपचारकै क्रममा निधन भएको हो ।
उनलाई ज्वरो आउने, रुघाखोकी, डाइरिया तथा बमिटिंग लगायतको समस्या उत्पन्न भएपछि हस्पिटल लागिएको र ४८ घण्टापछि कोरोनाको पुष्टि भएको क्षेत्रीले बताए ।
सन् २००४ देखि आफ्ना छोरा बुहारी नारायण गौडेल मल्ल तथा शान्ता मल्लका साथ बेलायतको स्वीन्डनमा बस्दै आएका थिए । उनको तीन छोरी र एक छोरा रहेका छन् । स्याङ्जा जिल्लाको वालिङ घर भएका मलको यसअघि नै हंङकंगमा वाइपास सर्जरी गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
यसैबीच वालिङ समाज युकेले आफ्ना सल्लाहकार खेम गौडेलका पिता याम बहादुर मल्ल गौडेलको निधन प्रति शोक व्यक्त गरेको छ । समाजका अध्यक्ष धनु पुरन थकालीले स्टाटस लेख्दै समवेदना प्रकट गर्नु भएको हो ।
हालसम्म कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ८ जना नेपालीको ज्यान गैसकेको छ ।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…