लकडाउनको मारमा परेका चापाकोटका नागरिकलाई प्रदेश साम्सद मल्लद्धारा खाद्यान्न सहयोग
सबिन डाेटेल/चापाकोट:
गण्डकी प्रदेशका सांसद भागवत प्रकाश मल्लले चापाकोट नगरपालिकालाई खाद्यान्न हस्तान्तरण गर्नु भएको छ ।
लक डाउनको मारमा परेका अतिबिपन्न,मजदुर,असाहाय र बिद्यार्थी लगायतका नागरिक सम्म पुगोस् भनेर आफूले खाद्यान्न सहयोग गरेको सांसद मल्लले जानकारी दिनुभयो । नागरिकको समस्यमा आफू सदैव साथमा रहने भन्दै सांसद मल्लले आवश्यक परे अरु पनि सहयोग गर्ने बताउनु भयो ।
सांसद मल्लका तर्फबाट नेपाली कांग्रेस चापाकोटका सभापति रामचन्द्र पंगेनीले नगर प्रमुख शिवकुमार गिरीलाई खाद्यान्न हस्तान्तरण गर्नु भएको हो ।
सामाग्री ग्रहण गर्दै नगरप्रमुख गिरीले खाद्यान्न सामाग्री वास्तविक र अतिआवश्यक परेका नागरिक समक्ष पुर्याउने बताउनु भयो । उहाँले भन्नुभयो हामीले नागरिकलाई अति आवश्यकताका आधारमा राहत उपलव्ध गराईरहेका छौं ।
.

सांसद मल्लले चामल,तेल,नुन,दाल लगायतका सामाग्री गरी रु ७० हजार बराबरको सामाग्री चापाकोट नगरपालिकालाई प्रदान गर्नु भएको हो ।
यसअघि सांसद मल्लले गल्याङ नगरपालिकामा ८० हजार र कालिगण्डकीमा ६० हजार भन्दा बढिको राहत सामाग्री उपलव्ध गराई सक्नु भएको बताईएको छ ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


