कोरोनाकाे प्रभावमा स्याङ्जाका मदरसा बन्द ।

आँधीखोला खबर/स्याङ्जा :
कोरोना रोकथाम र नियन्त्रणका लागि सजगता अपनाउने उद्देश्यले स्याङ्जाका ११ वटा मदरसा बन्द गरिएको छ । अध्ययन तथा नमाज पाठ मदरसामा गई नगर्न र घरमा नै सुरक्षित रुपमा आफ्नो धर्मसंस्कार अगांल्न प्रशासनले आग्रह गरेको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ्ले जानकारी दिनुभयो । उहाँले मदरसा मात्रै नभई मन्दिर, चर्च तथा मस्जिदमा समेत भिडभाडका साथ प्रवेशमा रोक लगाईएको जानकारी दिनुभयो ।
स्याङ्जाका पुतलीबजार, भीरकोट लगायतका ठाउमा मदरसा सञ्चालन हुदै आएका थिए । गण्डकी प्रदेश सरकारले मदरसा, चर्च, मन्दिर लगायतका भिडभाड हुने ठाउँलाई नियन्त्रणमा राख्ने निर्णय गरेको थियो ।
यसैवीच मुस्लिम संघका पूर्ब केन्द्रीय सचिव मुन्ना सेखले सबै मुस्लिम समुदायलाई घरमा नै बसेर नमाज पढ्न र भाषा सिक्न आग्रह गर्नु भएको छ । आँधीखोला खवर डटकमसँग कुरा गर्दै उहाँले सामाजिक दुरी कायम गरी आफ्नो धर्म संस्कृतीको अनुशरण गर्न आग्रह गर्नु भएको हो । उहाँले भन्नुभयो,“आफ्नो स्वास्थ्यको रक्षाको लागि प्रशासनले चालेका कदमलाई सहयोग गरौं ।”
.

समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…