कोरोनाकाे प्रभावमा स्याङ्जाका मदरसा बन्द ।
आँधीखोला खबर/स्याङ्जा :
कोरोना रोकथाम र नियन्त्रणका लागि सजगता अपनाउने उद्देश्यले स्याङ्जाका ११ वटा मदरसा बन्द गरिएको छ । अध्ययन तथा नमाज पाठ मदरसामा गई नगर्न र घरमा नै सुरक्षित रुपमा आफ्नो धर्मसंस्कार अगांल्न प्रशासनले आग्रह गरेको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ्ले जानकारी दिनुभयो । उहाँले मदरसा मात्रै नभई मन्दिर, चर्च तथा मस्जिदमा समेत भिडभाडका साथ प्रवेशमा रोक लगाईएको जानकारी दिनुभयो ।
स्याङ्जाका पुतलीबजार, भीरकोट लगायतका ठाउमा मदरसा सञ्चालन हुदै आएका थिए । गण्डकी प्रदेश सरकारले मदरसा, चर्च, मन्दिर लगायतका भिडभाड हुने ठाउँलाई नियन्त्रणमा राख्ने निर्णय गरेको थियो ।
यसैवीच मुस्लिम संघका पूर्ब केन्द्रीय सचिव मुन्ना सेखले सबै मुस्लिम समुदायलाई घरमा नै बसेर नमाज पढ्न र भाषा सिक्न आग्रह गर्नु भएको छ । आँधीखोला खवर डटकमसँग कुरा गर्दै उहाँले सामाजिक दुरी कायम गरी आफ्नो धर्म संस्कृतीको अनुशरण गर्न आग्रह गर्नु भएको हो । उहाँले भन्नुभयो,“आफ्नो स्वास्थ्यको रक्षाको लागि प्रशासनले चालेका कदमलाई सहयोग गरौं ।”
.

समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


