गण्डकी प्रदेश प्रवेशमा कडाई : प्रदेश ५ सँगको नाका राम्दीमा सडकमा नै लगाईयो काँडे तार
आँधीखोला खबर/स्याङ्जा :
गण्डकी प्रदेशमा प्रवेश गर्न रोक लगाउने प्रदेश सरकारको निर्णयसँगै सिमा नाकामा कडाई गर्न शुरु गरिएको छ । गण्डकी प्रदेश र प्रदेश नम्वर नम्वर ५ को सिमा नाकामा शसस्त्र प्रहरीको अस्थायी बिटको स्थापना गरिएको छ । प्रहरीले सडकमा नै काँडे तार राखेर प्रवेशमा कडाई गरेको हो ।
कोरोना भाइरसको जोखिम हुन नदिन गण्डकी प्रदेशमा अन्य प्रदेशबाट प्रवेशलाई सीमानाकाबाटै निषेध गर्ने निर्णय भएसँगै सिमा नाकामा कडाई गरिएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले जानकारी दिनुभयो । प्रदेशको निर्णयसँगै जिल्ला सुरक्षा समिति स्याङ्जाको बैठकले राम्दीमा शसस्त्र प्रहरीको अस्थायी पोष्टको स्थापना गरेर चेकचाँजमा कडाई गर्ने निर्णय गरेको उहाँको भनाई छ ।
वालिङमा रहेको शसस्त्र प्रहरी बल नेपाल, नम्वर ३० गुल्मबाट तत्कालको लागि ११ जना प्रहरी टोलीलाई सिमा नाका राम्दीमा खटाईएको गुल्मपति शसस्त्र प्रहरी नायव उपरिक्षक राजेश खरेलले जानकारी दिनुभयो । शसस्त्र प्रहरी नायव निरिक्षक नेतृत्वको प्रहरी टोलीले सिमा नाकामा चौबिसै घण्टा चेबचाँज गर्ने गुल्मपती खरेलले बताउनु भयो । उहाँले भन्नुभयो, “नागरिकको स्वास्थ्यमा जोखिम नआओस भनेर अस्थायी शसस्त्र प्रहरी बिट नै स्थापना गरेका छौं ।”
मालबहाक ट्रक वा अन्य अत्यावश्यक सामान ढुवानी गर्ने सवारी साधनमार्फत अन्य प्रदेशबाट लुकीछिपी आएका मानिस तथा त्यसरी यात्रु ओसारपसार गर्ने सवारी साधनलाई समेत नियन्त्रणमा लिईने प्रजिअ कुरुम्बाङले जानकारी दिनुभयो ।
.

समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


