लकडाउन वैशाख ३ गतेसम्म लम्बियो

काठमाडौं : सरकारले बैशाख ३ गतेसम्मका लागि लकडाउन अर्थात् बन्दाबन्दी लम्ब्याएको छ ।
सोमबारसम्पन्न मन्त्रिपरिषद बैठकले लकडाउनको अवधि ८ दिन अर्थात् बैशाख ३ सम्मका लागि गर्ने निर्णय गरेको हो । बैशाख ११ देखि जारी लकडाउन बैशाख ३ सम्मका लागि लम्ब्याइएको हो ।
सरकारले दोस्रो पटक लकडाउनको अवधि थपेको हो । कोरोना भाइरसको दोस्रो संक्रमित भेटिएपछि सरकारले चैत ११ बाट १८ गते बिहान छ बजेसम्मका लागि लकडाउन घोषणा गरेको थियो ।
त्यसपछि सरकारले चैत्र २५ गतेसम्मका लागि फेरि थपेको थियो । तर, यही समयमा कोरोना संक्रमित स्थानीय स्तरमै भेटिएपछि सरकारले एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समेत अवतजावत गर्न नदिने निर्णय गरेको छ ।
यसअघि कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठकले पनि लकडाउनको समय थप्न सिफारिस गरेको थियो ।
समाचार
थप सामाग्री
स्याङ्जामा ट्रक दुर्घटना चालक गम्भीर घाइते
२ दिन अगाडि
स्याङ्जा : पुतलीबजार नगरपालिका वडा नम्बर १० बरजामा बिहीबार ट्रक दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । दुर्घटना ट्रक…