लकडाउन वैशाख ३ गतेसम्म लम्बियो
काठमाडौं : सरकारले बैशाख ३ गतेसम्मका लागि लकडाउन अर्थात् बन्दाबन्दी लम्ब्याएको छ ।
सोमबारसम्पन्न मन्त्रिपरिषद बैठकले लकडाउनको अवधि ८ दिन अर्थात् बैशाख ३ सम्मका लागि गर्ने निर्णय गरेको हो । बैशाख ११ देखि जारी लकडाउन बैशाख ३ सम्मका लागि लम्ब्याइएको हो ।
सरकारले दोस्रो पटक लकडाउनको अवधि थपेको हो । कोरोना भाइरसको दोस्रो संक्रमित भेटिएपछि सरकारले चैत ११ बाट १८ गते बिहान छ बजेसम्मका लागि लकडाउन घोषणा गरेको थियो ।
त्यसपछि सरकारले चैत्र २५ गतेसम्मका लागि फेरि थपेको थियो । तर, यही समयमा कोरोना संक्रमित स्थानीय स्तरमै भेटिएपछि सरकारले एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समेत अवतजावत गर्न नदिने निर्णय गरेको छ ।
यसअघि कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठकले पनि लकडाउनको समय थप्न सिफारिस गरेको थियो ।
समाचार
थप सामाग्री-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
३ हप्ता अगाडि
काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयको परिमार्जित नयाँ पाठ्यक्रममा आधारित रहेर तयार पारिएको नविन कृति ‘शब्दशास्त्रविज्ञानम्’ को एक विशेष समारोहका बिच…


