लायन्स क्लव अफ वालिङ सिटिद्धारा ग्रहौं प्राथमिक अस्पताललाई पिपिई हस्तान्तरण
आँधीखोला खबर/वालिङ :
लायन्स क्लव अफ वालिङ सिटिले ग्रहौं प्राथमिक अस्पताललाई पिपिई हस्तान्तरण गरेको छ । लायन्स क्लब डिस्ट्रीक्ट ३२५ बि वान वाट प्राप्त ३ थान पिपिई हस्तान्तरण गरिएको हो । लायन्स क्लब अफ वालिङ सिटिका अध्यक्ष देवेन्द्र प्रसाद भट्टराईले ग्रहौं प्राथमिक अस्पतालका प्रमुख डाक्टर पवन अर्याललाइ पिपिई हस्तान्तरण गर्नु भएको हो । कार्यक्रममा लायन्स क्लब डिस्ट्रीक्ट ३२५ बि वान का एड्भाईजर डि आर पोख्रेल, जोन चियर पर्शन रामचन्द्र पोख्रेल, पोखरा फेवा फिस्टेल सिटिका पूर्व अध्यक्ष झम्कनाथ पोख्रेल लगायतको उपस्थिति रहेको थियो ।
अस्पतालका प्रमुख डाक्टर पवन अर्यालले महत्वपूर्ण सहयोगको लागि धन्यवाद दिदै निरन्तर सहयोगको अपेक्षा रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामी निरन्तर सेवामा लागिरहेका छौं, सबैको सहयोग र सद्भाव भएमा स्वास्थ्यकर्मी समेत सुरक्षित रहने अवस्था आउने छ ।’
यसअघि लायन्स क्लवले जिल्ला अस्पताल स्याङ्जामा ३ थान पिपिई हस्तान्तरण गरेको थियो ।
.


समाचार
थप सामाग्री-
बैंङिक क्षेत्रमा उच्चस्तरीय पहिचान बनाएका ढकाललाई स्याङ्जा काँग्रेसले गर्यो उम्मेद्वार सिफारिस
-
एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनीलाई
-
बिरुवा गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालन
-
अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध : हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गरिने ।
-
मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
वालिङ सडक खाना महोत्सवको समय थपियाे
१ हप्ता अगाडि
वालिङ : वालिङमा जारी प्रथम वालिङ सडक खाना महोत्सवको समय १ दिन थप गरिएको छ । “हाम्रो नगरमा हाम्रै खाना…


