लायन्स क्लव अफ वालिङ सिटिद्धारा ग्रहौं प्राथमिक अस्पताललाई पिपिई हस्तान्तरण

आँधीखोला खबर/वालिङ :
लायन्स क्लव अफ वालिङ सिटिले ग्रहौं प्राथमिक अस्पताललाई पिपिई हस्तान्तरण गरेको छ । लायन्स क्लब डिस्ट्रीक्ट ३२५ बि वान वाट प्राप्त ३ थान पिपिई हस्तान्तरण गरिएको हो । लायन्स क्लब अफ वालिङ सिटिका अध्यक्ष देवेन्द्र प्रसाद भट्टराईले ग्रहौं प्राथमिक अस्पतालका प्रमुख डाक्टर पवन अर्याललाइ पिपिई हस्तान्तरण गर्नु भएको हो । कार्यक्रममा लायन्स क्लब डिस्ट्रीक्ट ३२५ बि वान का एड्भाईजर डि आर पोख्रेल, जोन चियर पर्शन रामचन्द्र पोख्रेल, पोखरा फेवा फिस्टेल सिटिका पूर्व अध्यक्ष झम्कनाथ पोख्रेल लगायतको उपस्थिति रहेको थियो ।
अस्पतालका प्रमुख डाक्टर पवन अर्यालले महत्वपूर्ण सहयोगको लागि धन्यवाद दिदै निरन्तर सहयोगको अपेक्षा रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामी निरन्तर सेवामा लागिरहेका छौं, सबैको सहयोग र सद्भाव भएमा स्वास्थ्यकर्मी समेत सुरक्षित रहने अवस्था आउने छ ।’
यसअघि लायन्स क्लवले जिल्ला अस्पताल स्याङ्जामा ३ थान पिपिई हस्तान्तरण गरेको थियो ।
.


समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…