लायन्स क्लव अफ वालिङ सिटिको अध्यक्षमा कविता भुषाल चयन
आँधीखोला खबर/वालिङ :
लायन्स क्लव अफ वालिङ सिटिको अध्यक्षमा कविता भुषाल सर्वसम्मत चयन हुनु भएको छ । आज भएको अधिवेशनले वर्ष २०२०/२१ को लागि अध्यक्षमा भुषाललाई चयन गरेको हो ।
अधिवेशनले प्रथम उपाध्यक्षमा चुत्र कुमारी थापा, द्धितिय उपाध्यक्षमा बिजय कोईराला र तृतिय उपाध्यक्षमा दिपक लम्साललाई चयन गरेको छ । त्यस्तै सचिवमा हरि प्रसाद डुम्रे र सहसचिवमा स्वाँ श्रेष्ठ तथा कोषाध्यक्षमा पार्वती पंगेनी र सहकोषाध्यक्षमा गोविन्द तिवारी चयन हुनु भएको हो । यसैगरी एलसिआईएफकोअर्डिनेटरमा शिव पराजुली, पिआरओ ईन्द्र भुषाल र रिपोर्टिङ अफिसरमा मेघराज गैह्रे चयन हुनु भएको क्लव बर्ष २०१९/२० का अध्यक्ष देवेन्द्र प्रसाद भट्टराईले जानकारी दिनुभयो ।
कार्यक्रममा लायन्स क्लव अफ वालिङ सिटिका जेष्ठ सदस्य कर्ण बहादुर श्रेष्ठ, वालिङ ८ का अध्यक्ष कमल प्रसाद सुवेदी,लायन्स क्लव अफ वालिङका पूर्व अध्यक्षहरु सिताराम अधिकारी, कविता तिवारी र बिष्णु गैह्रे, लायन्स क्लव ३२५ बि वन का चाईल्ड एभ्युज अवार्नेश कार्यक्रमका चिफ चेतनारायण श्रेष्ठ, लायन्स क्लव अफ वालिङ ग्रिन होमका अध्यक्ष सजना कँडेल कोईराला, लियो क्लव अफ वालिङ सिटिका बर्ष २०२०/२१ का अध्यक्ष दिक्षान्तप्रताप खाँण लगायतले बोलेका थिए ।
लायन्स क्लव अफ वालिङ सिटिका बर्ष २०१९/२० का अध्यक्ष देवेन्द्र प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत कविता भुषालले र सञ्चालन सचिव दिपक लम्सालले गर्नु भएको थियो ।
.

को हुन नवनिर्वाचित अध्यक्ष भुषाल :
वालिङ नगरपालिका वडा नम्वर ८ निवासी कविता भुषाल, महिला उद्यमीको रुपमा परिचित हुनुहुन्छ । वालिङ उद्योग बाणिज्य संघको महिला उद्यमी बिकास समितिकी अध्यक्ष रहनु भएकी भुषालले वालिङका महिला उद्यमीहरुको सफल नेतृत्व गरिरहनु भएको छ । वालिङ मोडमा रहेको भुषाल पेट्रोल पम्पकी सञ्चालक रहनु भएकी भुषाल बिभिन्न सामाजिक संघ संस्थामा समेत कार्यरत रहनु भएको छ । बिभिन्न बैंक तथा बित्तिय संस्थामा समेत उहाँको सक्रिय सहभागिता रहेको छ ।
समाचार
थप सामाग्री-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
३ हप्ता अगाडि
चापाकोट : चापाकोट नगरपालिका वडा नं. १ को वडा कार्यालयमा आज युवाहरूले तालाबन्दी गरेका छन्। वडा अध्यक्ष भुपराज वोस्तीले स्थानीय…


