वडा अध्यक्षको जन्मदिन-भीरकोटमा खाद्यान्न बाँडे,वालिङमा जेसीज मार्फत आर्थिक सहयोग

आँधीखोला खबर/भिरकोट :
भिरकोट नगरपालिका वाड नं ५ का वडा अध्यक्ष याम प्रसाद अधिकारी लक्ष्मणले विगत केही वर्षदेखि आफ्नो जन्मदिनलाई फरक तरिकाले मनाउदै आउनु भएको छ । पश्चिमा संस्कृतिको पछि लाग्दै जन्मदिनमा होटल तथा रेष्टुरेन्टमा गरिने फजुल खर्च गरि मनाउने चलन वढदै जान थालेपछि समाजमा भएको विकृति हटाउन उहाँले आफ्नो जन्मदिनमा गरिने खर्च समाजिक कार्यका लागि खर्च गर्ने गर्नु भएको हो ।
मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो, भन्ने आस्थाका र विश्वास वोकेका वालिङ जेसीजका पूर्व अध्यक्ष समेत रहनु भएका अधिकारीले यस पटक चैत्र १९ गते आफ्नो जन्मदिन परेकोले यसवर्ष विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणवाट जोगाउन नेपाल सरकारले गरेको लकडाउनवाट प्रभावित परिवारका लागि सहयोग गर्नु भएको हो । उहाँले भीरकोटमा रहेको भीरकोट जेसीज मार्फत खाद्यान्न सहयोग गर्नु भएको हो ।

.


अधिकारीले भीरकोट जेसीजलाई १६ हजार ५ सय वरावरको खाद्यान्न सहयोग गर्नु भएको हो भने वालिङ जेसीजले संकलन गरेको राहतका लागि रु ३ हजार नगद सहयोग गर्नु भएको हो ।
उहाँले अहिले विश्व संक्रमणको संकटमा छटपटाइरहेको छ, मानव भएर मानवताको सेवा गर्नु हाम्रो कतव्य हो भन्दै, जन्मदिनमा फजुल खर्च गरेर जन्मदिन मनाउनु भन्दा मानवताको सेवाका लागि आफूले दिएको सानो सहयोगले कसैको भोकाइरहेको पेट केही दिनका लागि भरिन्छ भन्ने हेतुले सहयोग गरेको वताउनु भएको छ ।
अधिकारीले गत वर्ष पनि बारा पर्साका हावाहुरी पीडितका लागि वालिङ जेसीज मार्फत जन्मदिनको अवसरमा सहयोग गर्नु भएको थियो ।

Facebook Comments Box
TOP