आउने दुई साता थप चुनौतिपूर्ण, नयाँ संक्रमित भेटिन सक्छन्ः प्रधानमन्त्री
काठडमाडौं : प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरसविरुद्ध संघर्षमा आउने दुई साता झन् कठिन हुने बताएका छन् ।
आज देशवासीका नाममा संबोधन गर्दै प्रधानमन्त्री ओलीले सबैको सहयोगले भाइरस फैलन नदिएको नियन्त्रणमा राख्न सकिएको भन्दै उनले आउने दुई साता झन् गाह्रो पर्ने बताएका हुन् ।
सरकारले समयमै कदम चालेकाले धेरैको जीवन बचाएको दावी गर्दै प्रधानमन्त्री ओलीले भने केही दिनको अरु संकटले अझ धेरैको जीवन जोगाउन सकिन्छ ।
कोरोना भाइरसबाट जोगिने एक मात्र उपाय सामाजिक दूरी भएकाले लकडाउन पालना गर्न उनले आग्रह गरे ।
नेपालमा रहेका विदेशी नागरिकलाई सक्दो सहयोग गरेको भन्दै विदेशमा रहेका नेपाली नागरिकलाई पनि सहयोग गर्न विदेशी मित्रराष्ट्रहरुसँग आग्रह पनि गरे ।
सरकारले चाँडै नै कोरोनाको संक्रमित व्यक्ति कहाँ कहाँ पुगे भन्ने ट्रेसिङ एप शुरुवात गर्न लागेको जानकारी पनि उनले दिए ।
कोही मानिस भोकै नपरुन् भन्नेमा सरकार सचेत रहेको भन्दै उनले गरीब, मजदुर भोकै नपरुन्, राहत वितरण थालिएको बताए ।
विकासका ठूला परियोजनाहरु नरोक्न काम सुचालु हुने वातावरण मिलाएको पनि उनको भनाइ थियो उनले कृषि क्षेत्रको काममा निरन्तर लागिरहन पनि अपील गरे ।
यस्तो बेला स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण रहने भन्दै उनले त्यसका लागि शतप्रतिशत भत्तादेखि २५ लाखसम्मको बीमाको व्यवस्था मिलाइएको पनि बताए । यो व्यवस्था स्वास्थ्यकर्मीसरह फ्रन्टलाइनमा रहेर काम गर्ने सुरक्षानिकाय, ड्राइभर, सुरक्षाकर्मी, सफाई कर्मचारी सबैमा सबैलाई हुने प्रधानमन्त्रीले प्रष्ट गरे ।
जीवनको वैयक्तिक स्वतन्त्रतामाभन्दा जीवन जोगाउने विषय महत्वपूर्ण भएकाले आफ्ना केही अधिकार कटौति भएको पनि सहन उनको आग्रह थियो । कोरोना भाइरसविरुद्धको लडाईमा हरेक सदस्य सिपाही भएको पनि उनले सम्झाए ।
विश्वभर नै स्वास्थ्य उपकरणको अभाव हुँदा खोसाखोस अवस्था आएको भन्दै उनले नेपालमा आपूर्तिका लागि विशेष व्यवस्था मिलाइएको बताए ।
सामान्य वा विशेष अवस्थाको मौका छोपेर कसैले पनि अनियमितता गर्न नपाईने र सरकारका काम कार्वाही संवैधानिक परीक्षणभन्दा बाहिर नरहेको तर्क गर्दै प्रधानमन्त्री ओलीले सञ्चार र सामाजिक क्षेत्रमा आएको टिप्पणीप्रति ध्यानाकर्षण भएको बताए ।
उनले यस्तो समयमा पनि सरकारलाई असफल बनाउन निराधार हल्ला चलाइएको आरोप लगाउँदै जिम्मेवार बन्न सञ्चारमाध्यमहरुलाई सुझाव दिए ।
कहिँकतै कसैले कमजोरी र भ्रष्टाचार गरेको रहेछ भने सरकारले नछाड्ने र निर्ममतापूर्वक कार्वाही गरिने पनि प्रधानमन्त्री ओलीले बताए ।
संकटका बेला बलियो एकता जरुरी रहेको भन्दै उनले संसदको साझा संकल्प, सबै पक्षले देखाएको सहयोग र समझदारीले आफूलाई बलियो बनाएको र आगामी दिनमा पनि यो समझदारीको अपेक्षा गरेको उनको भनाइ थियो ।
समाचार
थप सामाग्री-
बैंङिक क्षेत्रमा उच्चस्तरीय पहिचान बनाएका ढकाललाई स्याङ्जा काँग्रेसले गर्यो उम्मेद्वार सिफारिस
-
एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनीलाई
-
बिरुवा गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालन
-
अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध : हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गरिने ।
-
मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
वालिङ सडक खाना महोत्सवको समय थपियाे
१ हप्ता अगाडि
वालिङ : वालिङमा जारी प्रथम वालिङ सडक खाना महोत्सवको समय १ दिन थप गरिएको छ । “हाम्रो नगरमा हाम्रै खाना…


