चीन-कोरोना महामारीको चेतावनी दिने डाक्टरलाई सहिद घोषणा
कोरोना भाइरसको उदगम विन्दु चीनको हुबेई प्रान्तले कोरोना महामारीको चेतावनी दिने डाक्टरलाई सहिद घोषणा गरेको छ।
डाक्टर ली वेनलियाङले डिसेम्बरको अन्त्यतिर नै कोरोना भाइरसले महामारीको रूप लिने चेतावनी दिएका थिए। उक्त चेतावनीपछि प्रहरीले उनलाई हिरासतमा लिएर केरकार गरेको थियो। पछि बिरामीको उपचारमा खटिएका लीको गत फेब्रुअरीमा कोरोनाको संक्रमण भएर मृत्यु भएको थियो। वुहान प्रहरीले उनको मृत्युपछि माफी मागेको थियो। उनीसँगै अरू १३ जनालाई पनि सहिद घोषणा गरिएको छ।
चीनले कोरोना भाइरसको महामारीबाट ज्यान गुमाएका नागरिकहरू सम्झनामा शनिबार देशभरि शोक मनाउने भएको छ।
चीनको मन्त्रिपरिषद्ले शुक्रबार कोरोना भाइरसबाट ज्यान गुमाउने ३ हजार ३ सय २२ जना नागरिकको सम्झनामा शोक मनाउने निर्णय गरेको हो।एजेन्सी
समाचार
थप सामाग्री-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
३ हप्ता अगाडि
चापाकोट : चापाकोट नगरपालिका वडा नं. १ को वडा कार्यालयमा आज युवाहरूले तालाबन्दी गरेका छन्। वडा अध्यक्ष भुपराज वोस्तीले स्थानीय…


