खुमा फाउण्डेशनद्धारा साढें ७ लाख बरावरको खाद्यान्न सहयोग
भवानी अधिकारी :
कोरोना भाइरस संक्रमणका कारण लडडाउन प्रभावित श्रमजीवी, विपन्न तथा मजदूर बर्गलाई लक्षित गर्दे खुमा फाउण्डेशनले स्याङजामा झण्डैं साढे ७ लाख बराबरको खाद्यान्न उपलब्ध गराएको छ ।
फाउण्डेशनले ३ पालिका (वालिङ, भीरकोट, चापाकोट) सहित एक बृद्धाश्रम (राम्दी) मा गरेर ७ लाख ४२ हजार ९ सय २० रुपैंया बराबरको खाद्यान्न बुधवारै पालिकामा लगेर हस्तान्तरण गरेको हो ।
कोरोना संक्रमण देखाउदै मुलुकभर लकडाउन हुदा दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने वर्ग मर्कामा परेको छ । जसका बिहान बेलुकाको छाक टार्न पनि समस्या हुन सक्छ भन्दै फाउन्डेसनले यहाँका तहलाईगरी १४ टन (चौध हजार किलो) सावा मन्सुली चामल हस्तान्रण गरेको फाउण्डेशनका उपाध्यक्ष लेखनाथ शर्माले जानकारी दिनुभयो ।
बालिङ नगरपालिका ४ हजार ५ सय किलो, चापाकोट नगरपालिकालाई ४ हजार ५ सय किलो, भीरकोट नगरपालिकालाई ४ हजार ५ किलो र राम्दी स्थिति बृदाआश्रमलाई ५ सय किलो चामल प्रदान गरिएको फाउण्डेशनका सचिव धु्रव शर्माले बताउनुभयो ।
.
उपाध्यक्ष र सचिव सहितको टोलीले ती सम्बन्धित स्थानमा पुगेर खाद्यान्न समाग्री हस्तान्तरण गरेका हुन । फाउन्डेसनले बिगत बर्षहरु देखि स्याङ्जाका विभिन्न स्थानमा स्वास्थ, शिक्षा र रोजगारको विषयमा सामाजिक कार्यहरू गर्दै आइरहेको छ । आवश्यकता अनुरुप आगामी दिनमा पनिे अन्य सहयोग लिएर आउने सस्थाका अध्यक्ष कमलराज ढकालले भन्नुभयो ।
करिब ५ महिना अघिदेखि चीनको बुहान प्रान्तबाट शुरुभइ बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको प्रभावले नेपाललाई प्रत्यक्ष असर गरेको छ । महामारीका रुपमा फैलिएको भाइरसको संक्रमण बढ्न नदिई नियन्त्रण गर्ने उदेश्यले सरकारले बिगत ३७ दिनदेखि रास्ट्रब्यापी रुपमा लकडाउनको घोषणा गरेपछि विपन्न, दैनिक ज्यालादारी गरेर खाने बर्ग प्रभावित बनेका छन । जसका कारण स्याङ्जाका विभिन्न स्थानमा खाद्यान्नको अभाव सृजना हुनुसक्ने जनाउद खुमा अर्याल फाउन्डेसनले सहयोग उपलब्ध गराएको जनाएको छ ।
.
खाद्यान्न सामग्री ग्रहण गर्देै बालिङ नगर प्रमुख दिलिपप्रताप खाण भिरकोट नगर उपप्रमुख सिमा कर्माचार्य लगाएतले उक्त खाद्यान्न अभाव रहेका बिपन्न, मजदुरी, असहाय, गरिब र विपन्न परिवारलाई बितरण गरिने बताउदै फाउण्डेशनलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
फाउन्डेसनले बिगत बर्षदेखि स्याङ्जाका विभिन्न स्थानमा स्वास्थ, शिक्षा र रोजगारको विषयमा सामाजिक कार्यहरू गर्दै आइरहेको छ । अहिले पनि कोरोना संक्रमणलाई लक्षित गरि गत फागुन महिनादेखि पोखराको पृथ्वीचोक देखि स्याङ्जाको गल्याङसम्म मुख्य मुख्य चोक र बजारहरुमा जनचेतनामुलक फ्लेक्स रोड ब्यानरहरु पनि टासेका छ ।
आगामी दिनमा पनि फाउन्डेसनले अन्य सहयोका कार्यक्रम हरु लिएर आउने सस्थाका अध्यक्ष कमलराज ढकालले बताउनु भयो । साथै सस्थाका संरक्षक समाजसेवी भेषराज अर्यालले फाउन्डेसन सधै विभिन्न किसिमका सामाजिक कार्यहरूमा लागीरहने र सामाजिक कार्यहरुमा हामी सदैब प्रतिबद्ध रहेको र कोरोना समबन्धी सरकारले गरेको निर्णयलाई सबैले पालना गरि यस महामारी नियन्त्रणमा सघाउनु हामी सबैको दायित्व रहेको बताउनु भयो ।
.
.
समाचार
थप सामाग्रीझ्याप्ले खोला पहिरो : स्याङ्जाका एकैघरका तिनको मृत्यु
२ हप्ता अगाडि
स्याङ्जा: अविरल वर्षाका कारण पृथ्वीराजमार्गको नागढुङ्गा नौबिसे सडकखण्डको झ्याप्लेखोलामा आएको पहिरोमा परी स्याङ्जा गल्याङ नगरपालिका वडा न ३ लल्याङका एकै…