नगद सहयोग गर्दै स्याङ्जाका कर्मचारीहरुले भने,’जुनसुकै परिस्थितमा पनि काममा खट्न तयार छौं’।


आँधीखोला खबर/स्याङ्जा :
कोरोनाको त्रासका बिच जनताको सेवा गरी रहेका स्याङ्जाका कर्मचारीहरुले कोरोनाको रोकथाम, नियन्त्रण तथा प्रकोप व्यवस्थापनका लागि नगद सहयोग गरेकाछन् । कर्मचारी मिलन केन्द्रमा आवद्ध जिल्लाका कर्मचारीहरुले जिल्ला विपद व्यवस्थापन कोषमा नगद रु २५ हजार सहयोग गरेका हुन् । कर्मचारीहरुको तर्फबाट सहयोग ग्रहण गर्दै कोषका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले लकडाउन र कोरोनाको त्रासको प्रवाह नगरी जनतालाई सेवा प्रदान गरेको भन्दै कर्मचारीहरुको प्रशंशा गर्नु भयो । उहाँले श्रमसँगै नगद समेत सहयोग गरेको भन्दै कर्मचारी मिलन केन्द्रलाई धन्यवाद समेत दिनुभयो ।
कर्मचारी मिलन केन्द्रका तर्फबाट अध्यक्ष कोमल राज काफ्ले, सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव गिरी, केन्द्रका सल्लाहकार कुमार बुढाथोकी, सचिव उज्वल बहादुर बस्नेत लगायतले नगद हस्तान्तरण गर्नु भएको हो ।
कर्मचारी मिलन केन्द्रको आजको बैठकले जुनसुकै परिस्थितीमा पनि काममा खट्ने तथा सहयोग गर्ने निर्णय समेत गरेको मिलन केन्द्रका सचिव उज्वल बहादुर बस्नेतले जानकारी दिनुभयो ।

मिलन केन्द्र जिल्लाभरका कर्मचारीहरु साझा संस्था हो ।

.

Facebook Comments Box
TOP