वालिङ जेसीजद्धारा खाद्यान्न र नगद सहयोग ।

आँधीखोला खबर/वालिङ :
सेवा नै मानवताको सर्बाेत्तम कार्य मान्ने वालिङ जेसीजले कोरोना रोकथाम तथा राहतका लागि खाद्यान्न र नगद प्रदान गरेको छ । जेसीजले १ लाख ३० हजार ५ सय बराबरको खाद्यान्न र नगद हस्तान्तरण गरेको हो ।
वालिङ नगरपालिकाले स्थापना गरेको कोषमा नगद जम्मा गर्नुका साथै खाद्यान्न समेत हस्तान्तरण गरिएको वालिङ जेसीजका अध्यक्ष होमकान्त गौतमले जानकारी दिनुभयो । जेसीजले नगद रु ७६ हजार ५ सय र ५४ हजार बराबरको खाद्यान्न प्रदान गरिएको अध्यक्ष गौतमले बताउनु भयो । जेसीजको टोलिले वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणलाई नगद तथा खाद्यान्न हस्तान्तरण गरेको हो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख खाँणले जेसीजसँगको सहकार्य उत्कृष्ट रहेको बताउनु भयो । उहाँले भन्नुभयो,जेसीजले नगरपालिकाको बिकास र नागरिकको हितका लागि महत्वपूर्ण योगदान पुर्याउदै आएको छ ।
कार्यक्रम बोल्दै वालिङ जेसीजका अध्यक्ष होमकान्त गौतमले युवाहरुको सक्रियतामा सहयोग प्रदान गरिएको बताउनु भयो । उहाँले बिश्व नै कोरोनाबाट प्रभावित भईरहेको अवस्थामा नेपालीहरुले बिशेष ख्याल गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले वालिङका नागरिक भोकै बस्न नपरोस भनेर नगरपालिकाले शुरु गरेको अभियानलाई साथ दिदै सहयोग हस्तान्तरण गरिएको स्पष्ट पार्नु भयो ।
.

समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…