आइपिएल टी-२० क्रिकेट अनिश्चितकालका लागि स्थगित
यस सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको छ।
भारतमा कोरोनाभाइरसविरुद्ध लड्न लकडाउनको अवधि बढाइएसँगै अप्रिल १५ देखि हुने भनिएको आइपिएल अनिश्चितकालका लागि स्थगित भएको हो।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले आइपिएल स्थगित गरिएको सबै फ्रेन्चाइज टिमलाई जानकारी दिएको छ।
अब आइपिएल कहिले हुने विषयमा निश्चित छैन।
बिसिसिआईका अध्यक्ष सौरभ गांगुलीसँग अब आइपिएल सेप्टेम्बर-नोभेम्बर गर्ने विकल्प छ। तर यो मितिमा टी-२० विश्वकप हुँदैछ। त्यसैले बिसिसिआईले सेप्टेम्बरमा एकै महिनामा आइपिएल सकाउनु पर्ने हुनेछ। यो हुँदा पनि एसिया कपलाई असर गर्नेछ।
समाचार
थप सामाग्री
सहकारीको ऋण समयमै चुक्ता नगरे कडा कानुनी कारबाही गरिने
१ महिना अगाडि
स्याङ्जा : स्याङ्जाको बिरुवा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सहकारी संस्थाहरूबाट ऋण लिई समयमै सावाँ तथा ब्याज भुक्तानी नगर्ने ऋणीहरूलाई तत्काल…


