कोभिड १९ राहत कोषमा युवा नेता कार्कीको नगद सहयोग
आँधीखोला खबर/स्याङ्जा :
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले स्थापना गरेको कोडिभ १९ राहत कोषमा युवा नेता हिक्मतजंग कार्कीले २५ हजार रुपैया सहयोग गरेका छन । व्यक्तिगत रुपमा उनले राहातबापतको नगद रकम सहयोग गरेको बताएका छन् ।
पुतलीबजार नगरपालिका–५ पौवैगौडे घर भएका कार्कीले सहयोग कोषमा युवाको पनि संलग्नता हुने गरी प्रतिनिधित्व गरेको बताएका छन । ‘हाम्रो जिल्लामा पिपिइ, थर्मलगन, मास्कजस्ता स्वास्थ्य सम्बन्धी सामाग्रीको आवश्यक छैन’ उनले भने, ‘स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा प्रशस्त भएपछि मजदुर र गरिबलाई खाद्यान्न वितरण गर्ने लक्ष्य हो । स्थानीय सरकारले पनि खाद्यान्न व्यवस्था गरेपछि राहात कोषमा आफ्नो इच्छा अनुसार सहयोग गरेको हुँ ।’
उनले पुतलबजार नगरपालिका–५ स्थित पौवैगौडेमा रहेका विपन्न परिवारलाई पनि २५ हजार रुपैया बराबरको चामल र नुन, तेल लगायत दैनिक उपभोग्य वस्तुको सहयोग गरेको बताए । यसैगरी लकडाउनको समयमा विहान बेलुका छाक टार्न समस्या भएका विपन्न परिवारको खोजी भइरहेको उनले बताए । विशेषतः लामो दुरीको पैदलयात्रा गरेका गन्तव्यविहिन मजदुरको लागि सहयोग गर्ने योजना अनुरुप काम भइरहेको उनले बताए । कार्की इन्टरनेशनल युथ डेमोक्रेटिक युनियनका उपाध्यक्ष हुन भने, राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको केन्द्रिय सचिवसमेत रहेका छन् ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


