कांग्रेस नेता गोपालमान र सांसद मेखलाल श्रेष्ठको पहलमा भीरकोट नपालाई पिपिई र मास्क प्रदान
भीरकोट : विश्वभरी महामारीको रुप लिइ फैलिरहेको कोरोना भाइरस कोविड १९ ले सवैलाई त्रसित वनाइ रहेको अवस्थामा कोरोना भाइरसको संक्रमणवाट वच्नको लागी नेपाल सरकारले लक डाउन घोषणा गरीरहेको अवस्थामा नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ र गण्डकी प्रदेश नेपाली काँग्रेस संसदिय दलका उपनेता मेखलाल श्रेष्ठको सक्रियतामा वालिङ् नगरपालिका वडा न ८ हाल काठमाण्डौ निवासी समाजसेवी उद्योगपति डोलराज शार्मा मार्फत कोविड १९ वाट वच्न को लागी अति आवश्यक र जरुरीको रुपमा रहेको ३८ सय पिस माक्स र ५ थान पिपिई नेपाली कांग्रेस भीरकोट नगर सभापती तोयनाथ अर्याल लगायतको उपस्थीतिमा गण्डकी प्रदेश नेपाली काँग्रेस संसदिय दलका उपनेता माननिय मेखलाल श्रेष्ठले माक्स र पिपिई नगर प्रमुख छायाराम खनाललाई हस्तान्तरण गर्नु भएको हो ।
३८ सय मास्क र ५ थान पिपिई वुझ्दै नगर प्रमुख छायाराम खनालले दुख पिर अनि कष्ट परेका वेला सहयोग गरी उद्दार गर्नु भनेको महान पूण्य पाउनु हो भन्दै कोरोना भाइरसको संक्रमणवाट वच्नको लागी अति आवश्यक सामाग्री प्रदान गर्नु भएकोमा समाजसेवी शर्मालाई धन्यवाद व्यक्त गर्नुभयो । भीरकोटका जनता र स्वास्थ्यकर्मीहरु कोरोनाको संक्रमणवाट वच्नको लागी माक्स र पिपिईको अभाव नहोस भनी समाजसेवी शर्मा संग सहकार्य गरी नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको पहलमा नगरपालिकामा ल्याई राहत सामाग्री हस्तान्तरण गरीएको मेखलाल श्रेष्ठले वताउनु भयाे । नेता श्रेष्ठका अनुसार जिल्ला प्रशासन कार्यालय स्याङ्जामा प्र.जि.अ राम वहादुर कुरुङ्वाङलाई १ हजार पिस मास्क हस्तान्तरण गरिएकाे छ ।
.

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


