ग्रहौं प्राथमिक अस्पतालमा आरडिटी किटद्वारा कोरोना परीक्षण शुरु
वालिङ :यहाँको ग्रहौं प्राथमिक अस्पतालमा आईतबारबाट आरडिटी (¥यापिड डायग्नोष्टिक टेष्ट) किटबाट कोरोना परीक्षण शुरु गरिएको छ ।
उच्च जोखिममा रहेका देशहरुबाट आउने ब्यक्तिहरु तथा उनीहरुको सम्पर्कमा रहेका घरपरिवारका अन्य सदस्यहरुलाई चिकित्सक तथा स्वास्थ्यकर्मीको सिफारिसमा परीक्षण गरिने वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।
आईतबार एक भारतीय नागरिक र एक नेपाली नागरिक गरी दुई पुरुषको आरडिटी किटबाट परीक्षण गरिएकोमा दुबै जनाको रिपोर्ट नेगेटिभ आएको नगर प्रमुख खाँणले बताउनुभयो ।
“वालिङ नगरपालिकालाई हालसम्म गण्डकी प्रदेश सरकारबाट एकसय २० वटा किट प्राप्त भएको छ” नगर प्रमुख खाँणले भन्नुभयो, “यो किटबाट छोटो अवधिमै नतिजा पत्ता लगाउन सकिने भएकाले आवश्यकता अनुसार थप किटका लागि पहल भईरहेको छ ।”
स्थानीय अस्पतालका प्राविधिकहरुबाट परीक्षण गरिने भएकाले पनि सहज र छिटो नतिजा प्राप्त हुने वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताउनुभयो ।
उच्च जोखिममा रहेका ब्यक्ति वा उनीहरुको परिवारको किटका माध्यमबाट पोजेटिभ नतिजा देखिएमा क्वारेन्टाईनमा राखी पुनः पिसिआर प्रविधिबाट यकिन गर्न थप परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाईने ग्रहौं प्राथमिक अस्पतालका प्रमुख डा. पवन अर्यालले बताउनुभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


