गल्याङ नगरपालिकाको कोषमा ११ लाख रुपैंया संकलन, सभासद र विपिसीको नगद सहयोग ।
गल्याङ : स्याङ्जाको गल्याङ नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन राहत कोषमा ११ लाख रुपैयाँ संकलन भएको छ ।
नगरपालिकाको राहत कोशमा आइतबार सम्ममा ११ लाख तीन हजार, छ सय ७६ रुपैयाँ राहत रकम जम्मा भएको हो ।
आइतबार संविधानसभा सदस्य मुक्तिप्रसाद पाठकले २१ हजार रुपैयाँ राहत कोशका लागि नगरप्रमुख भुपराज अधिकारीलाई हस्तान्तरण गर्नुभएको छ ।
गल्याङ नगरपालिका ७ स्थायी घर भएका पाठकले नगरपालिकाको राहत कोषमा रकम जम्मा गर्नुभएको हो ।
राहत रकम हस्तान्तरण गर्दै सभासद पाठकले पीडितहरुको सेवामा थोरै भएपनि सहयोग गरेको बताउनुभयो ।
उहाँले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि साबधानी अपनाउने क्रममा धेरै जनता विपत्तीमा परेको भन्दै उनीहरुको उद्दारमा स्थानीय तह पनि चनाखो भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
.

यस्तै, बुटवल पावर कम्पनी विपीसी गल्याङ शाखाको तर्फबाट शाखा प्रमुख डोल खरेलले गल्याङ नगरपालिकाको प्रकोप व्यवस्थापन राहत कोशमा रु. ५० हजार सहयोग गर्नुभएको छ ।
रकम ग्रहण गर्दै नगरप्रमुख भुपराज अधिकारीले विपन्न गरिबहरुका लागि सहयोग रकमको सही सदुपयोग गर्न प्रतिबद्व रहेको बताउनुभयो ।
उहाँले प्राप्त सबै सहयोगहरुको उचित ढंगले परिचालन गरी वास्तविक गरिबलाई राहत दिन क्रियाशिल रहने बताउनुभयो ।
नगरप्रमुख अधिकारीले कहिलेसम्म यो सन्त्रास रहन्छ भन्ने कुराको कुनै टुङ्गो नभएकाले साबधानी अपनाएर बस्नुको विकल्प नभएको बताउनुभयो ।
सहयोग हस्तान्तरण बुटवल पावर कम्पनी आँधीखोला केन्द्र गल्याङ शाखाका प्रमुख डोल खरेलले बुटवल पावर कम्पनीको तर्फबाट केन्द्रीय तह देखि नै सहयोग गरिएको जानकारी दिनुभयो ।
उहाँले स्थानीय तहमा पनि थोरै भएपनि सहयोग गरेर एक्यबद्वता जनाउन खोजिएको बताउनुभयो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


