गल्याङ नगरपालिकाको कोषमा ११ लाख रुपैंया संकलन, सभासद र विपिसीको नगद सहयोग ।

गल्याङ : स्याङ्जाको गल्याङ नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन राहत कोषमा ११ लाख रुपैयाँ संकलन भएको छ ।
नगरपालिकाको राहत कोशमा आइतबार सम्ममा ११ लाख तीन हजार, छ सय ७६ रुपैयाँ राहत रकम जम्मा भएको हो ।
आइतबार संविधानसभा सदस्य मुक्तिप्रसाद पाठकले २१ हजार रुपैयाँ राहत कोशका लागि नगरप्रमुख भुपराज अधिकारीलाई हस्तान्तरण गर्नुभएको छ ।
गल्याङ नगरपालिका ७ स्थायी घर भएका पाठकले नगरपालिकाको राहत कोषमा रकम जम्मा गर्नुभएको हो ।
राहत रकम हस्तान्तरण गर्दै सभासद पाठकले पीडितहरुको सेवामा थोरै भएपनि सहयोग गरेको बताउनुभयो ।
उहाँले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि साबधानी अपनाउने क्रममा धेरै जनता विपत्तीमा परेको भन्दै उनीहरुको उद्दारमा स्थानीय तह पनि चनाखो भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
.

यस्तै, बुटवल पावर कम्पनी विपीसी गल्याङ शाखाको तर्फबाट शाखा प्रमुख डोल खरेलले गल्याङ नगरपालिकाको प्रकोप व्यवस्थापन राहत कोशमा रु. ५० हजार सहयोग गर्नुभएको छ ।
रकम ग्रहण गर्दै नगरप्रमुख भुपराज अधिकारीले विपन्न गरिबहरुका लागि सहयोग रकमको सही सदुपयोग गर्न प्रतिबद्व रहेको बताउनुभयो ।
उहाँले प्राप्त सबै सहयोगहरुको उचित ढंगले परिचालन गरी वास्तविक गरिबलाई राहत दिन क्रियाशिल रहने बताउनुभयो ।
नगरप्रमुख अधिकारीले कहिलेसम्म यो सन्त्रास रहन्छ भन्ने कुराको कुनै टुङ्गो नभएकाले साबधानी अपनाएर बस्नुको विकल्प नभएको बताउनुभयो ।
सहयोग हस्तान्तरण बुटवल पावर कम्पनी आँधीखोला केन्द्र गल्याङ शाखाका प्रमुख डोल खरेलले बुटवल पावर कम्पनीको तर्फबाट केन्द्रीय तह देखि नै सहयोग गरिएको जानकारी दिनुभयो ।
उहाँले स्थानीय तहमा पनि थोरै भएपनि सहयोग गरेर एक्यबद्वता जनाउन खोजिएको बताउनुभयो ।
समाचार
थप सामाग्री
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
१ महिना अगाडि
पोखराको लेकसाइड क्षेत्रमा आयोजना हुने भनिएको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ को स्थान परिवर्तन भएको छ । लेकसाइड क्षेत्रमा…