गल्याङको राहत कोशमा सहयोग आउने क्रम जारी
गल्याङ : स्याङ्जाको गल्याङ नगरपालिकामा स्थापना गरिएको राहत कोशमा सहयोग रकम आउने क्रम बढेको छ ।
कोरोना संक्रमणका कारण गरिएको लकडाउनका कारण समस्यामा परेका विपन्नहरुको सहयोग गर्न स्थापना गरिएको राहत कोशमा रकम आउने क्रम बढेको हो ।
सोमबार राहत कोशमा गल्याङ चेम्बर अफ कमर्शले राहत कोशका लागि ५१ हजार एक सय रुपैयाँ सहयोग गरेको छ ।
गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीको कार्यकक्षमा गल्याङ चेम्बर अफ कमर्सले सहयोग गरेको हो ।
सहयोग रकम ग्रहण गर्दै गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले भर्खरै स्थापना भएको गल्याङ चेम्बर अफ कमर्सले महत्वपूर्ण सहयोग गरेको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो ।
उहाँले सहयोग गरिएको रकम पारदर्शी रुपमा वास्तविक पीडितहरु सामु पु¥याइने स्पष्ट पार्नुभयो ।
नगरप्रमुख अधिकारीले भन्नुभयो –‘सहयोग गरिएको सम्पूर्ण रकम पारदर्शी ढंगले वितरण हुनेछ । एकद्वार प्रणालीबाट राहत वितरण गरिने भएकाले अन्य व्यक्ति तथा संस्थालाई पनि सहयोगको अपिल गर्दछु ।’
उहाँले थोरै थोरै रकम भएपनि विपदको बेलामा सहयोग गर्न आग्रह गर्नुभयो ।
रकम हस्तान्तरण गर्दै गल्याङ चेम्बर अफ कमर्सका अध्यक्ष गंगाप्रसाद श्रेष्ठले पीडितहरुलाई सहयोग पुगोस भन्ने उद्देश्यले थोरै भएपनि सहयोग गरिएको बताउनुभयो ।
सहयोग हस्तान्तरण कार्यक्रममा गल्याङ चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष अर्जुन रानाभाट उपाध्यक्ष कुमार श्रेष्ठ लगायत पदाधीकारी र सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।
यस्तै, लायन्स क्लब अफ गल्याङ सिटीले पनि गल्याङ नगरपालिकाको प्रकोप व्यवस्थापन राहत कोशमा १५ हजार रुपैयाँ हस्तान्तरण गरेको छ ।
गल्याङको नयाँबजारमा लायन्स क्लबका प्रथम उपाध्यक्ष अर्जुन बस्यालले गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीलाई राहत रकम हस्तान्तरण गर्नुभयो । साथमा लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ वि वान नेपाल बाट प्राप्त तीन थान व्यक्तिगत सुरक्षा सामाग्री पिपिइ पनि बस्यालले नगरप्रमुख अधिकारीलाई हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा नगरप्रमुख अधिकारीले लायन्स क्लब सेवाको भावनामा सधैं अग्रसर हुने गरेको भन्दै सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।
उहाँले विपदको बेलामा सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


